पुतलीबजार नगरपालिकाद्धारा शुभकामना आदानप्रदान कार्यक्रम ।
भवानी अधिकारी/स्याङ्जा :
पुतलीबजार नगरपालिकाले बिजयादशमी, दिपावली, छठ, नेपाल सम्बत, ल्होसारको अवसर पारेर शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नगरका जनप्रतिनिधी, बिभिन्न संघसंस्था, कर्मचारी, शिक्षक लगायत स्थानीयबासीको उल्लेख्य सहभागिता थियो ।

शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै संघिय सांसद नारायणप्रसाद मरासीनीले विकास निर्माण र परिवर्तनको मूल्यांकन जनताले गर्ने भएको बताउदै जनप्रतिनिधीले राम्रो काम गर्नुपर्ने बताउनुभयो । बास्ताविकतालाई बुझेर यर्थाथको चश्माले हेरेर जनहितका पक्षमा काम गरे नतिजा पनि राम्रो आउने उहांको भनाई थियो ।

कार्यक्रममा गण्डकी प्रदेश बिधायत समिति सभापति मोहनप्रसाद रेग्मी, प्रदेश सदस्य मीनप्रसाद गुरुङ, जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दास, आधीखोला गाउपालिका अध्यक्ष सुधिर पौडेल, नेकपाका अध्यक्ष सूर्यप्रसाद गैरे पारस, नेपाली कांग्रेस महासमिति सदस्य हिरादेवी शर्मा, राप्रपा संयुक्तका रामबन्धु रेग्मी, प्रमुख जिल्ला अधिकारी, पुतलीबजार नगरबिज्ञ समितिका सदस्य महेन्द्रमान ब्यथित लगायतले बिजयादशमी लगायतको चाडपर्वहरुको शुभकामना ब्यक्त गर्दै धर्म संस्कृतिको जगेर्ना गर्दै नव पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरी, अन्तर पार्टी महिला संजालका अध्यक्ष तारा शर्मा, आधिकारिक ट्रेड युनियनका अध्यक्ष राजु मरासीनी, पेशागत शिक्षक महासंघका उपाध्यक्ष बन्दना लम्साल, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, प्याब्सन जिल्ला उपाध्यक्ष धु्रवबन्धु पौडेल, सहकारी संघका अध्यक्ष लक्ष्मीपति पौडेल, बन उपभोक्ता महासंघका अध्यक्ष दोवबहादुर कार्की, उद्योग वाणिज्य महासंघका गण्डकी प्रदेश उपाध्यक्ष मोतीप्रसाद पौडेल, ब्रम्हकुमार नेत्रप्रसाद पौडेल, गैसस महासंघका अध्यक्ष कमल पौडेल लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
पुतलीबजार नगर प्रमुख सीमा क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख महेश पुरीले स्वागत एवं वडा अध्यक्ष ओमबहादुर खड्काले संचालन गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


