विश्व पोलियो दिवसमा वालिङमा सचेतनामुलक र्याली ।
आँधीखोला खबर/वालिङ :
विश्व पोलियो दिवसमा वालिङमा सचेतनामूलक र्याली निकालिएको छ । रोटरी क्लब अफ वालिङको आयोजनामा ग्रहौं घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङबाट निस्केको र्याली ले वालिङ बजार परिक्रमा गरी मोडमा आएर अन्तरक्रिया कार्यक्रममा परिणत भएको हो ।
कार्यक्रममा बोल्नुहुँदै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले पोलियोका कारण मानिसको स्नायुमा असर पार्ने र मानिसलाई सँधैका लागि अपाङ्ग बनाउने हुँदा समयमै सचेत हुन आग्रह गर्नुभयो ।
“रोग लागेपछि पछुताउन भन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हुन्छ” नगर प्रमुख खाँणले भन्नुभयो, “आँफू पनि सचेत बन्दै अरुलाई पनि सचेत गराउन सके रोग लाग्नबाट मुक्ति मिल्ने विश्वास लिएको छु ।”

आफ्नो गाउँठाउँमा पनि चेतना फैलाई पोलियो रोग उन्मुलनका लागि सहयोग गर्न पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा ग्रहौं घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत मोहन विकले नेपाल पोलियो उन्मुलन राष्ट्र भईसके पनि अझै पनि कहिले काँही यस्ता रोगहरु देखा पर्ने गरेकोले सचेतनामूलक कार्यक्रमहरुको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा रोटरी क्लव अफ वालिङका अध्यक्ष राजेन्द्र डुम्रेले रोटरी क्लबले वालिङमा विभिन्न सामाजिक कार्यक्रमहरु सञ्चालन गरेको बताउनुभयो । उहाँले यस्तै सचेतना मुलक कार्यक्रमहरु विभिन्न विद्यालयमा गर्ने, विद्यार्थीहरुलाई सरसफाई सम्बन्धी जानकारी दिने, नगरका सात वटा विद्यालयमा शौचालय निमार्ण गर्नुका साथै मिर्गौला डायलासिस सेन्टर स्थापना गर्ने तयारीमा रहेको बताउनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


