दोस्रो पित्लेक बडादशैं कृषि तथा पर्यटन मेला आजबाट ।
आँधीखोला खबर/वालिङ :
स्याङ्जाको पर्यटकीय एवं कृषिका क्षेत्रमा प्रसिद्ध पित्लेकमा आजबाट दोस्रो पित्लेक बडादशैं कृषि तथा पर्यटन मेला शुरु हुदैछ ।
‘कृषि र पर्यटन हाम्रो पहिचान’ भन्ने नाराका साथ नवसिर्जना युवाक्लबको आयोजना, पित्लेक देउराली होमस्टे तथा तमु कालिका आमा समूहको सक्रियतामा दोस्रो रमाईलो मेला शुरु हुन लागेको हो । मेला १९ गते सम्म चल्ने छ । क्लवले सोमवार पत्रकार सम्मेलन गरेर मेलाको तयारी पुरा भएको जानकारी गराएको छ ।

कला, संस्कृति तथा परम्पराको संरक्षण एवं जगेर्ना गर्ने, कृषि र पर्यटनमार्फत स्वरोजगार सिर्जना गर्नुका साथै पर्यटन पूर्वाधार विकास गर्न, लुकेर रहेका प्रतिभाहरुको प्रोत्साहन र अवसर प्रदान गर्ने, आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले मेलाको हुन लागेका क्लबका अध्यक्ष जीवनकाजी गुरुङले जानकारी दिनुभयो ।
मेला अवधिमा स्थानीयरुपमा उत्पादन भएका कृषिजन्य तथा पशुजन्य उत्पादनहरुको प्रदर्शन, स्थानीय खानाका परिकारहरु, लोपोन्मुख अवस्थामा रहेका संस्कार संस्कृतिहरु झल्किने झाँकी तथा नृत्यहरु, ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने मेलाका प्रचार प्रसार उपसमितिका संयोजक तिलक गुरुङले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा क्लवका सल्लाहकारहरु तोरण गुरुङ र नन्दबहादुर गुरुङ, क्लवका पूर्ब अध्यक्ष भुपेन गुरुङ, सचिव दिपक गुरुङ लगायतले बोल्नु भएको थियो ।
चार लाख ४५ हजार अनुमानित आम्दानी, तीन लाख १० हजार खर्च गरी झण्डै एकलाख ३५ हजार बचत गर्ने लक्ष्य आयोजकले राखेको छ ।
आयोजक क्लबका अध्यक्ष जीवनकाजी गुरुङको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन प्रचार प्रसार संयोजक तिलक गुरुङले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


