पारस खड्का फ्रेन्चाइज लिग खेल्ने तेस्रो खेलाडी ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी पारस खड्का अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्ने तेस्रो खेलाडी बनेका छन् ।

हालै कप्तानीबाट राजीनामा दिएका पारसले युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने टी–१० लिगमा खेल्ने भएका हुन् । उनी टिम आबुधाबीबाट टी–१० लिगमा आवद्ध भएका छन् ।  

यसअघि नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले मात्र विदेशी फ्रेन्चाइज लिग खेलेका छन् । 

पारस १० हजार डलरमा आबु धाबीमा अनुबन्धित भएका हुन् । पारस विदेशी फ्रेन्चाइज लिग खेल्ने तेस्रो नेपाली खेलाडी हुन् । यस्तै टी–१० पारसको पहिलो विदेशी फ्रेन्चाइज लिग हो  ।

आबुधाबीमा मोइन अली, मोहम्मद अमिर, ल्युक राइट, कोरि एन्डरसन, रोहन मुस्तफा लगायतका खेलाडी रहेका छन् ।

नेपालका अर्का खेलाडी सन्दीप लामिछानेले पनि खेल्ने छन् । सन्दीपले यस सिजन कर्नाटका टुसकेर्सबाट खेल्ने छन् । सन्दीपले भने ४५ हजार डलर पाउने छन् । 

नोभेम्बर १५ देखि २४ सम्म आयोजना हुने लिगमा ८ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP