पारस खड्का फ्रेन्चाइज लिग खेल्ने तेस्रो खेलाडी ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी पारस खड्का अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्ने तेस्रो खेलाडी बनेका छन् ।
हालै कप्तानीबाट राजीनामा दिएका पारसले युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने टी–१० लिगमा खेल्ने भएका हुन् । उनी टिम आबुधाबीबाट टी–१० लिगमा आवद्ध भएका छन् ।
यसअघि नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले मात्र विदेशी फ्रेन्चाइज लिग खेलेका छन् ।
पारस १० हजार डलरमा आबु धाबीमा अनुबन्धित भएका हुन् । पारस विदेशी फ्रेन्चाइज लिग खेल्ने तेस्रो नेपाली खेलाडी हुन् । यस्तै टी–१० पारसको पहिलो विदेशी फ्रेन्चाइज लिग हो ।
आबुधाबीमा मोइन अली, मोहम्मद अमिर, ल्युक राइट, कोरि एन्डरसन, रोहन मुस्तफा लगायतका खेलाडी रहेका छन् ।
नेपालका अर्का खेलाडी सन्दीप लामिछानेले पनि खेल्ने छन् । सन्दीपले यस सिजन कर्नाटका टुसकेर्सबाट खेल्ने छन् । सन्दीपले भने ४५ हजार डलर पाउने छन् ।
नोभेम्बर १५ देखि २४ सम्म आयोजना हुने लिगमा ८ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


