नेपाल आयरल्यान्डसँग १३ रनले पराजित
ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो तेस्रो खेलमा नेपालले पराजित भएको छ । १४६ रको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.५ ओभरमा सबै विकेटको क्षतिमा १३२ रन मात्र बनाएको हो ।
आयरल्यान्डले दिएको १४६ रनको लक्ष्य दिएकोमा नेपाल १३ रनले पराजित भयो । करन केसीले अन्तिममा निकै राम्रो प्रदर्शन गरेर आवश्यक २५ रन बनाउन प्रयत्न गरेपनि त्यो पर्याप्त हुन सकेन, उनी व्यक्तिगत १६ रनमा आउट भए ।।
नेपालका लागि आरिफ सेखले सर्वाधिक २६ रनको योगदान गरे । नेपाली टिमका लागि कप्तान पारस खड्काले २५ रन बनाउँदा ओपनर ईशान पाण्डेले २२ र उपकप्तान दीपेन्द्र सिंह ऐरीले २० रन बनाए ।
नेपालका लागि सन्दिप लामिछानेले ४ ओभरमा २१ रन खर्चेर २ विकेट, अभिनास बोहोराले ४ ओभरमा २२ रन खर्चेर २ विकेट तथा ललित राजवंशीले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । यसैगरी करन केसीले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट दिए ।
दुई जितपछि उत्साहित बनेपछि यो सिरिजमा नेपालको पहिलो हार हो । यसअघि नेपालले हङकङ र नेदरल्यान्ड्सलाई हराएको थियो । नेपालले अन्तिम खेल आयोजक ओमानसँग बिहीबार खेल्दैछ । हारसँगै नेपाललाई सिरिज उपाधी सम्भावना कठिन
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


