नेपाल सम्बत ११४० को उपलक्ष्यमा मोटरसाइकल र्याली सहित चियापान

भवानी अधिकारी/स्याङ्जा :
नेपाल सम्बत ११४० को उपलक्ष्यमा मोटरसाइकल रयाली एवं चियापान कार्यक्रम गरिएको छ । नेवाः देय दवुको आयोजनामा आयोजित कार्यक्रममा सयौं युवाले मोटरसाइकल रयाली गरेर नगर परिक्रमा गरेका थिए ।
पुतलीबजार नगरपालिका १ स्थित भिमसेनस्थान चोकमा आयोजित कार्यक्रममा बोल्दै नेवा ः देय दवुका केन्द्रीय सदस्य देवेन्द्रकुमार श्रेष्ठले नेपाल सम्बतलाई सरकारी कामकाजमा ल्याउनु पर्नेमा जोड दिनुभयो । नेपाल सरकारले नेपाल सम्बत संचालनमा ल्याउन चासो नदिनु दुखद रहेको बताउनुभयो ।
कार्यक्रममा पूर्व अध्यक्ष महेन्द्रमान ब्यथित, सल्लाहकार अनन्तकुमार श्रेष्ठ लगायतले नेपाली सम्बत नेपाल सम्बत रहेको बताउदै शंखधर शाख्वाको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।
नेवाः देय दवुका अध्यक्ष गोबरधन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार अमृतप्रसाद श्रेष्ठले स्वागत एवं सचिव युगनारायण श्रेष्ठले संचालन गर्नुभएको थियो ।
भिमसेनवाट सुरु भएको रयालीले प्रगतीनगर, नारायणस्थान, पुतलीखेत, नेवार संग्राहलयय, देवानचोक, बाडखोला, भाइटारी हुदै स्याङ्जा बजार राङखोलाबाट फर्केर चौकी अभियानपथ, ठाडोलाईन हुदै भिमसेनचोकमा पुगेर चियापान एवं शुभकामना कार्यक्रममा सहभागी भएका थिए ।

Facebook Comments Box
TOP