नेपाल प्रहरी विश्वमै अब्बल दर्जामा छ – प्रजिअ निरौला ।

भवानी अधिकारी/स्याङ्जा :
प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले नेपाल प्रहरी विश्वमै अब्बल दर्जामा रहेको बताउनुभयो । उहाले संबिधान, प्रचलित ऐन कानून , मानवअधिकारका न्यूनतम शर्तहरु पुरा गर्दै अघि बढेको नेपाल प्रहरीले हरेक घटनालाई सफल अनुसन्धानपुर्वक कानूनी दायरामा ल्याउन सफल भएको दावी गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाद्धारा आयोजित ६४ औ प्रहरी दिवस तथा सोही अवसरमा आयोजित श्रद्धाञ्जली समारोहको उदघाटन गर्दै प्रजिअ निरौलाले यस्ता कार्यमा नागरिकको सकारात्मक सहयोग मिलेको बताउनुभयो । परिवर्तीत समायानुसार प्रबिधिले ल्याएका चुनौतीलाई समेत समाधान गर्दै अघि बढ्नु पर्ने प्रहरीको जिम्मेवारी रहेको हुदा उनीहरुलाई तालिम र उपकरणमा समेत जानकार बनाउन राज्यले ध्यान जानु पर्नेमा उहाले जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख राजकुमार लम्सालले प्रहरी महानिरीक्षकको शुभकामना सन्देश वाचन गरेर सुनाउनुभएको थियो । कार्यक्रममा नेकपा सदस्य उदय श्रेष्ठ, नेपाली कांग्रेसका सभापति कुमार राना, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका रामबन्धु रेग्मी, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष राजेन्द्र गैह्रे, वडा अध्यक्ष निर्मल शेरचन, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, पूर्व प्रहरी नायब उपरीक्षक श्यामकुमार श्रेष्ठ, सामुदायिक प्रहरी प्रगतीनगरका अध्यक्ष विश्वनाथ पौडेल लगायतले जिल्लामा प्रहरीले पुरयाएको सेवाका बारेमा आ आफना धारणा ब्यक्त गर्दै प्रहरी सेवा दवाव, प्रभाव र अभावमा अल्झन नहुनेमा जोड दिनुभयोे ।
प्रहरी उपरीक्षक राजकुमार लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले स्वागत एवं प्रहरी निरीक्षक निरन्जन घिमिरेले संचालन गर्नुभएको थियो ।
सोही अवसरमा कार्यालय हाता भित्र रहेको अमर प्रहरी स्मारकमा शोक सलामी तथा फूलगुच्छा अर्पण गरिएको थियो । कार्यालयद्धारा आयोजित आन्तरिक खेलकुद ( टेवुल टेनिस, ब्याडमिन्टन) प्रतियोगिताका बिजयी प्रहरी कर्मचारीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण, यस बर्ष बिभिन्न विधाहरूमा उत्कृष्ट कार्य सम्पादन गर्ने – ८ (आठ) जना प्रहरी कर्मचारीहरूलाई अभिलेखमा जनिने गरी नगद पुरस्कार वितरण, १३ जना अमर प्रहरीका परीवारलाई दोसल्ला ओढाई सम्मान गरिएको छ । साथै, पूर्व प्रहरी कर्मचारी वालिङ नगरपालिका निवासी ८४ बर्षिय पूर्व पहरी हवल्दार बलबहादुर थापालाई दोसल्ला ओढाई सम्मान गरिएको छ ।
दिवस एवं श्रद्धान्जलीसभामा जिल्ला स्थित राजनैतिक दलका प्रमुख, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, सञ्चारकर्मी, समाजसेवी, पूर्व प्रहरी कर्मचारी, अमर प्रहरी परीवारहरू लगायत प्रहरी कर्मचारीहरूकोे सहभागीता थियो ।
समाचार
थप सामाग्री
पर्यटकीय नगरी पोखरामा आज देखि कोटीहोम विराट ज्ञान महायज्ञ शुरु
२ हप्ता अगाडि
पोखरा : पर्यटकीय नगरी पोखरामा बुधबारदेखि श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शुरु भएको छ । मानव सेवा…