नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वालिङ नगर कमिटिको प्रशिक्षण ।
आँधीखोला खबर/वालिङ :
स्याङ्जाको वालिङमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रशिक्षण कार्यक्रम गरेको छ । वालिङ नगर कमिटिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पुर्व मन्त्री एबं नेकपाका युवा नेता महेश बस्नेतले समसामयिक सन्र्दभ र भावी योजनाका विषयमा प्रशिक्षण दिनुभएको थियो । सो अवसरमा नेता बस्नेतले कम्युनिष्ट सरकारले गरेका सकरात्मक कामहरुको जनतामाँझ प्रचार नहुँदा अनावश्यक भ्रम फैलाउन प्रतिपक्षी सफल भएको भनाई राख्नुभयो ।

कार्यक्रममा नेकपा प्रदेश कमिटि सदस्य शैलेन्द्र घिमिरेले नेकपाको पाटी एकता सन्र्दभमा प्रशिक्षण दिनुभएको थियो त्यस्तै पार्टीको ईतिहास र अनुशासनका बारेमा प्रदेश सदस्य प्रकाश न्यौपाने र सांगठनिक निर्माण र दायित्वका विषयमा विश्व पौडेलले प्रशिक्षण दिनुभएको थियो ।
नगर कमिटि अध्यक्ष राजेन्द्र डुम्रेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सञ्चालन सचिव रमेश अर्यालले गर्नुभएको थियो । प्रशिक्षण कार्यक्रममा नेकपा नगरका वडा अध्यक्षहरु, सचिव, नगरकमिटि, सल्लाहकार र जिल्ला सदस्यहरुको सहभागिता रहेको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


