कांग्रेस-बिजयादशमी, दिपावली, छठ, नेपाल सम्बत, ल्होसार र इदको शुभकामना ।
भवानी अधिकारी/स्याङ्जा :
नेपाली कांग्रेस पुतलीबजार नगरपालिका वडा नं.७ ले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेकोछ । बिजयादशमी, दिपावली, छठ, नेपाल सम्बत, ल्होसार र इदको अवसर पारेर शुभकामना आदानप्रदान गरेको हो ।

शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै संबिधानसभा सदस्य राजु थापाले हाम्रो पूर्वजहरुद्धारा संरक्षित धर्म, संस्कृति र परम्पराको जर्गेर्ना गर्नु हामी सबैको कर्तब्य र दायित्व भएको बताउनुभयो । चाडपर्वलाई आ आफना क्षमता अनुरुप सभ्य र सुसंस्कृत तरिकाले मनाउन आग्रह गर्दै उहाले चाडपर्वका नाउमा अनावश्यक खर्च गर्न नहुने बताउनुभयो । समाजमा बिभिन्न खालका उश्रंखल प्रवृद्धी देखा परेको बताउदै यस्ता प्रवृद्धीलाई दुरुत्साहित बनाउन र सुसंस्कृत, सम्भ समाज निर्माणका लागि हामीले आ आफना क्षेत्रबाट सक्रिय हुनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा क्षेत्रीय सभापति तुलसीराम रेग्मी, महासमिति सदस्य देवी अर्याल, भीरकोट नगरउपप्रमुख सीमा केसी कर्माचार्या, कांग्रेस जिल्ला सदस्य तारा मल्ल, क्षेत्रीय सदस्य सीता गोदार, तरुण दलका क्षेत्रीय अध्यक्ष कुमबहादुर गुरुङ, क्षेत्रीय अध्यक्ष दीपेन्द्र केसी, तरुण नेताहरु नेमबहादुर राना, सन्तोष नेपाल, कांग्रेस नेता अनन्त अर्याल, इन्द्रबहादुर सेन, लालबहादुर सुनाम लगायतले बिजयादशमी लगायतको चाडपर्वहरुको शुभकामना ब्यक्त गर्दै धर्म संस्कृतिको जगेर्ना गर्दै नव पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।
ठूलाडिही सभापति कृष्णबहादुर आलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति द्धय तनमाया आलेले स्वागत र जनकलाल रेग्मीले धन्यवाद एवं सचिव नवराज नेपालले संचालन गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


