भीरकोट : नेपाली काँग्रेसको शुभकामना आदानप्रदान सम्पन्न ।

आँधीखोला खबर/भीरकोट :
नेपाली काँग्रेस भीरकोट नगरपालिका वडा नम्वर ५ को आयोजना तथा नगरसमितिको समन्वयमा भीरकोटमा विजया दशमी, दिपावली,छठलगायतका पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरीएको छ ।


कार्यक्रममा पुर्व सांसद खगेन्द्रराज रेग्मीले लोकतन्त्र बलियो भएमात्रै देश समृद्ध हुने भन्दै लोकतन्त्रलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभएको छ । साथै रेग्मीले नेपाली कागे्रसले कोजाग्रत पुर्णिमालाई मेलमिलापको दिनका रुपमा लिएर यसै दिन केन्द्र तथा स्थानीय तहमा शुभकामना आदानप्रदान गर्दै आईरहेको स्मरण गर्नुभयो ।
उहाँले भन्नुभयो, “विपि, गणेशमानले समेत यसै दिन मेलमिलाप तथा शुभकामना आदानप्रदानको रुपमा कार्यक्रम गर्नुहुन्थ्यो ।” कागे्रस लोकतन्त्रवादी पार्टी भएको भन्दै नेता रेग्मीले मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कागे्रस भएको बताउनुभयो । माओत सेतुङले समेत विपिको विचारलाई आत्मसाथ गरेको भन्दै लोकतन्त्रमै मुलुकको समृद्धि रहेको बताउनुभयो ।


कार्यक्रममा नगरप्रमुख छायाराम खनाल, उपप्रमुख सिमा केसीकर्माचार्य, जिल्ला सदस्य मेघबहादुुर खड्का, श्यामप्रसाद अर्याल, महाधिवेसन प्रतिनिधि नसिबदिन मिँया, क्षेत्रबहादुर थापालगायत सहभागि सबैले एकआपसमा शुभकामना आदानप्रदान गर्नुभएको थियो ।
वडा सभापति कृष्णबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत वडा अध्यक्ष यामप्रसाद अधिकारी लक्ष्मण, सञ्चालन नगरसचिव शेषकान्त खनाल र धन्यवाद नगर सभापति तोयनाथ अर्यालले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP