जनताको इच्छा अनुसार चल्छु : सांसद मरासीनी ।

आँधीखोला खबर/स्याङ्जा :

संघीय सांसद नारायण प्रसाद मरासीनीले आफु जनताको इच्छा अनुसार चल्ने बताउनु भएको छ । मरासीनीले जनताको इच्छा अनुसार चले आफु गलत नहुने बताउनु भयो । जनताको चाहना अनुसार आफुले विकास गर्ने उहाँको स्पष्टोक्ती छ ।

राईजिङ भिजन क्लब र भावना टोल विकास संस्थाको सयुक्त आयोजनामा आयोजित विजया दशमी तथा शुभ दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा मरानीनीले पुतलीबजारको विकासका लागि आफु प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले विकास नपुगेको ठाउमा विकास गर्न सबै चनाखो हुन पर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा पुतलीबजार नगरपालिकाकी प्रमुख सिमा क्षेत्री, उपप्रमुख महेश पुरी, वडा सदस्य सविता लामिछाने, समाजसेवीहरु भुवनेश्वर लामिछाने, पूर्व जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद लामिछाने, निलकण्ठ लामिछाने, कृष्णप्रसाद लामिछाने र रेडक्रसकर्मी नारायणप्रसाद लामिछाने लगायतले शुभकामना व्यक्त गरेका थिए ।

राईजिङ भिजन क्लब पुतलीबजार नगरपालिका ११ का अध्यक्ष रोशन लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन क्लबका सहसचिव शिवप्रसाद लामिछानेले गरेका थिए भने स्वागत मन्तव्य भावना टोल विकास संस्थाकी सचिव शर्मिला लामिछानेले गर्नु भएको थियो ।

विभिन्न चाडपर्वको अवसरमा भएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा राजनैतिक दालका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, कर्मचारी, पत्रकार लगायत स्थानीहरुको ठुलो सहभागीता रहेको थियो ।

Facebook Comments Box
TOP