जनताको इच्छा अनुसार चल्छु : सांसद मरासीनी ।
आँधीखोला खबर/स्याङ्जा :
संघीय सांसद नारायण प्रसाद मरासीनीले आफु जनताको इच्छा अनुसार चल्ने बताउनु भएको छ । मरासीनीले जनताको इच्छा अनुसार चले आफु गलत नहुने बताउनु भयो । जनताको चाहना अनुसार आफुले विकास गर्ने उहाँको स्पष्टोक्ती छ ।

राईजिङ भिजन क्लब र भावना टोल विकास संस्थाको सयुक्त आयोजनामा आयोजित विजया दशमी तथा शुभ दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा मरानीनीले पुतलीबजारको विकासका लागि आफु प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले विकास नपुगेको ठाउमा विकास गर्न सबै चनाखो हुन पर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा पुतलीबजार नगरपालिकाकी प्रमुख सिमा क्षेत्री, उपप्रमुख महेश पुरी, वडा सदस्य सविता लामिछाने, समाजसेवीहरु भुवनेश्वर लामिछाने, पूर्व जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद लामिछाने, निलकण्ठ लामिछाने, कृष्णप्रसाद लामिछाने र रेडक्रसकर्मी नारायणप्रसाद लामिछाने लगायतले शुभकामना व्यक्त गरेका थिए ।
राईजिङ भिजन क्लब पुतलीबजार नगरपालिका ११ का अध्यक्ष रोशन लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन क्लबका सहसचिव शिवप्रसाद लामिछानेले गरेका थिए भने स्वागत मन्तव्य भावना टोल विकास संस्थाकी सचिव शर्मिला लामिछानेले गर्नु भएको थियो ।
विभिन्न चाडपर्वको अवसरमा भएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा राजनैतिक दालका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, कर्मचारी, पत्रकार लगायत स्थानीहरुको ठुलो सहभागीता रहेको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


