चापाकोटमा भलिवल प्रतियोगिता सम्पन्न ।
आँधीखोला खबर/चापाकोट :
स्याङ्जाको चापकोट नगरपालिका वडा नं १ आँधिचौधेरा स्थित सञ्जिवनी युवा क्वलले ९ औँ वार्षिकोत्सव तथा विजया दशमी तथा शुभ दिपावलीको अवसर पारेर क्लव स्तरीय भलिबल प्रतियोगिता सम्पन्न गरेको छ ।

समापन कार्यक्रममा बोल्नै चापाकोट नगरपालिकाका नगर प्रमुख शिब कुमार गिरीले खेल युवाहरुका लागि अतिनै आवश्यकीय भएको बताउनु भयो । उहाँले युवाहरु खेल संगै शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त हुदै अगाडि वढ्नु आजको आवश्यकता भएको बताउनु भयो ।
उहाँले भन्नु भयो, “युवाहरुलाई व्यवसायीक रुपमै खेलको विकास गर्नु अति आवशयक छ ।
कार्यक्रममा चापाकोट नगरपालिका वडा नं १ का वडा अध्यक्ष टिकाराम तिवारी, नेपाली काँग्रेस चापाकोट नगर कार्य समितिका वडा नं १ का सभापति कृष्ण प्रसाद भण्डारी, नेकपा का भूपराज वोस्ती, तरुण दल स्याङ्जाका सदस्य विश्वास पुरी लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।

एक हप्ता देखि सञ्चालन हुदै आएको खेलमा १९ समृहको सहभागिता रहेको र समाज सेवा युवा क्लव प्रथम, आयोजक ए दोस्रो, मगर एकता साङलीया तेस्रो र आयोजक डि सान्त्वना भएका थिए ।
खेलमा प्रथम,दोस्रो,तेस्रो र सान्त्वना हुने समृहले क्रमश ः नगद ४१ हजार, २५ हजार, १५ हजार ८ हजार नगद शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।
सञ्जिवनी युवा क्वलका कार्यबाहक अध्यक्ष पदम रानाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मिना आले मगरले र सञ्चालन क्लवका अध्यक्ष लोक बहादुर आले मगरले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री
जनताको समस्या समाधान गर्न सरकारसँग हातेमालो गर्छु : उमेदवार ढकाल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं.–१ मा उम्मेदवार…


