चापाकोटमा भलिवल प्रतियोगिता सम्पन्न ।
आँधीखोला खबर/चापाकोट :
स्याङ्जाको चापकोट नगरपालिका वडा नं १ आँधिचौधेरा स्थित सञ्जिवनी युवा क्वलले ९ औँ वार्षिकोत्सव तथा विजया दशमी तथा शुभ दिपावलीको अवसर पारेर क्लव स्तरीय भलिबल प्रतियोगिता सम्पन्न गरेको छ ।

समापन कार्यक्रममा बोल्नै चापाकोट नगरपालिकाका नगर प्रमुख शिब कुमार गिरीले खेल युवाहरुका लागि अतिनै आवश्यकीय भएको बताउनु भयो । उहाँले युवाहरु खेल संगै शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त हुदै अगाडि वढ्नु आजको आवश्यकता भएको बताउनु भयो ।
उहाँले भन्नु भयो, “युवाहरुलाई व्यवसायीक रुपमै खेलको विकास गर्नु अति आवशयक छ ।
कार्यक्रममा चापाकोट नगरपालिका वडा नं १ का वडा अध्यक्ष टिकाराम तिवारी, नेपाली काँग्रेस चापाकोट नगर कार्य समितिका वडा नं १ का सभापति कृष्ण प्रसाद भण्डारी, नेकपा का भूपराज वोस्ती, तरुण दल स्याङ्जाका सदस्य विश्वास पुरी लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।

एक हप्ता देखि सञ्चालन हुदै आएको खेलमा १९ समृहको सहभागिता रहेको र समाज सेवा युवा क्लव प्रथम, आयोजक ए दोस्रो, मगर एकता साङलीया तेस्रो र आयोजक डि सान्त्वना भएका थिए ।
खेलमा प्रथम,दोस्रो,तेस्रो र सान्त्वना हुने समृहले क्रमश ः नगद ४१ हजार, २५ हजार, १५ हजार ८ हजार नगद शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।
सञ्जिवनी युवा क्वलका कार्यबाहक अध्यक्ष पदम रानाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मिना आले मगरले र सञ्चालन क्लवका अध्यक्ष लोक बहादुर आले मगरले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


