क्रियामा बस्दा समेत चामल पैचो खोज्नु पर्ने अवस्थाको दमाई परिवारलाई कांग्रेसको सहयोग ।
आँधीखोला खबर/गल्याङ :
स्याङजाको गल्याङ नगरपालिका—९ साङिलयाका मनमाया दमाईको परिवारलाई नेपाली कांग्रेसले राहत प्रदान गरेको छ । देवलडाँडा बुटे दमाई भनेर चिनिने भिमबहादुरको मृत्यु पश्चात विचल्लीमा परेको उनको परिवारलाई राहत स्वरुप खाद्य सामाग्री सहयोग गरिएको हो ।
नेपाली कांग्रेस गण्डकी प्रदेश कार्य समिती र गल्याङ नगर कार्य समितीले दमाईको परिवारलाई राहत स्वरुप खाद्य सामाग्री प्रदान गरेको हो ।

गण्डकी प्रदेश सांसद भागवत प्रकाश मल्लको सहयोगमा मंगलवार दमाईको घरमा पुगी पाँच बोरा चामल, पाँच लिटर तोरीको तेल, पाँच किलो दाल प्रदान गरिएको छ । त्यस्तै लायन्स क्लब अफ गल्याङ सिटीको तर्फबाट नगद ३ हजार प्रदान गरिएको छ ।
सो अवसरमा नेपाली कांग्रेस गल्याङ नगर सभापति श्याम प्रसाद बस्याल, महाधिवेसन प्रतिनिधिद्धय महेन्द्र श्रेष्ठ र लिल बहादुर रनपाल, क्षेत्रिय सचिव महेश भट्टराई, गल्याङ १० का वडाअध्यक्ष धु्रव शर्मा पंगेनी, ८ का वडा अध्यक्ष भेक प्रसाद श्रेष्ठ, ९ का अध्यक्ष हरिलाल खनाल, तरुण दल गल्याङ नगर अध्यक्ष कृष्ण प्रसाद भट्टराई, बाबुराम विक, तरुण दल जिल्ला कार्य समितीका सदस्य नामदेव खनाल लगायतको सहमागिता रहेको थियो

यसअघि दुई वर्ष अघि उनै बुटे दमाईको घरमा आगलागी हुँदा पनि नेपाली कांगेसले १२ हजार ५ सय नगद र त्रिपाल सहयोग गरेको क्षेत्रिय सचिव महेश भट्टराईले जानकारी दिनुभयो
यसअघि गल्याङ नगरपालिकाले समेत दमाई परिवारलाई खाद्य सामाग्री उपलव्ध गराएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


