सभामुख महराले दिए राजीनामा
अन्ततः सभामुख कृष्णबहादुर महराले आफ्नो पदबाट राजीनामा दिएका छन्। हिजो संसद सचिवालयमै कार्यरत एक विवाहित महिलाले लगाएको गम्भीर आरोपपछि सभामुखले आज राजीनामा दिएका हुन्। राजीनामा दिन नेकपाको सचिवालय बैठकले पनि उनलाई सुझाव दिएको थियो। बैठकले सांसद र सभामुख दुवै पदबाट राजीनामा दिन सुझाएको थियो।
प्रतिनिधि सभा नियमावलीको नियम २११ (१) बमोजिम सभामुखले उपसभामुखलाई सम्बोधन गरी राजीनामा दिएका हुन्।
राजीनामा पत्रमा भने अनौठो भाषा छ। भाषा हेर्ने हो भने राजीनामा हैन ‘निलम्बन’ को अर्थ लाग्छ। उनले राजीनामा पत्रमा ‘छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको’ उल्लेख गरेका छन्।
नियमावली र संविधानमा भने यस्तो व्यवस्था छैन। लिखित राजीनामा दिएपछि पद रिक्त हुन्छ। छानबिन प्रक्रिया सकिनु वा नसकिनुसँग यसको मतलब हुँदैन।
छानबिन सुरु भएपछि सांसद पद स्वतः निलम्बनमा पर्नेछ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


