महाकवि देवकोटाको १११ औँ जन्मजयन्ती स्याङ्जामा पनि मनाईयो ।

आँधीखोला खबर/स्याङ्जा :
लक्ष्मी सामुदायिक पुस्तकालय स्याङ्जाले महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय ११ औँ जन्मजयन्ती मनाएको छ ।
जन्मजयन्तीमा बोल्दै पुस्तकालयका अध्यक्ष अनन्तराज मरासीनीले नेपाली साहित्यमा वहुप्रतिभावान लक्ष्मीप्रसाद देवकोटा अजर र अमर रहीरहने बताउदै यहा महापुरुषका सन्देशको अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष हेमराज अर्याल, स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारी, प्रतिष्ठानका पूर्व उपाध्यक्ष चिन्तु गिरी, पुस्तकालयका सल्लाहकार अनन्तकुमार श्रेष्ठ, पत्रकार भवानी अधिकारी, कार्यक्रम उत्पादक बिक्रम परियार, वाल कबि परिवेश मरासीनी लगायतले कबिता वाचन गर्ने लक्ष्मीप्रसाद देवकोटा प्रति श्रद्धान्जली ब्यक्त गर्नुभएको थियो ।
अध्यक्ष अनन्तराज मरासीनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष वेदप्रसाद दोंरंगाले स्वागत एवं सहसचिव बलराम दोरंगाले देवकोटाका जीवनीका बारेमा कार्यपत्र र सचिव धु््रवबन्धु पौडेलले कार्यक्रम संचालन गर्नुभएको थियो ।
पुतलीबजार नगरपालिका १ स्थित सहिदचोका स्थापित लक्ष्मी सामुदायिक पुस्तकालय बिस २०४० सालमा स्थापना गरिएको हो । पुस्तकालयले दश बर्षअघिदेखि सामुदायिक रेडियो र हाल टेलिभिजन संचालनमा ल्याएको छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP