पहिलो ‘नेपाल लोक स्टार’ मा फस्टरनरअप बने स्याङ्जाका चेतन गोतामे, बिजेता बने शनि बिश्वकर्मा ।
आँधीखोला खबर / स्याङ्जा :
लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ को पहिलो बिजेता बनेका छन् रोल्पाका शनि विश्वकर्मा, उहाँले नगद ५० लाख सहित बिभिन्न पुरस्कार पाउनु भएको छ ।
त्यस्तै स्याङ्जाका चेतन गोतामे फस्ट रनरअप बन्नु भएको छ । उहाँले नगद २५ लाख र बिभिन्न पुरस्कार पाउनु भएको छ । सेकेन्ड रनरअप हुँदै बिनोद दनुवारले १० लाख नगद पाउनु भएको छ । चौथो अर्थात् सान्त्वना हुदै रामकुमार नेपालीले २ लाख सहित बिभिन्न पुरस्कार पाउनु भएको छ ।
शुक्रबार भृकुटीमण्डपमा भएको ग्राण्ड फिनालेबाट नेपालले नेपालकै पहिलो उत्कृष्ट मौलिक आवाज को रुपमा चेतन गोतामेलाई पाउने अपेक्षा गण्डकी प्रदेशबासीले गरेका थिए । तर भोटको आधारमा शनि बिश्वकर्मालाई बिजेता घोषणा गरिएको हो । यस अघि भोटमा धाँधली गरिएको भन्दै बिरोध समेत गरिएको थियो ।
नेपाल लोक स्टारमा निर्णायकको रुपमा वरिष्ठ कलाकार तथा गायक जयनन्द लामा, गायक रामजी खाँड, सुनिता दुलाल र वरिष्ठ संगीतकार बीबी अनुरागी रहेका थिए । अडिसनदेखि विभिन्न राउण्डहरु पार गर्दै नेपाल लोक स्टार को ग्राण्ड फिनालेमा ४ प्रतिस्पर्धी पुग्न सफल भएका हुन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


