लायन्स/लियो क्लबको शुभकामना आदान प्रदान ।
आँधीखोला खबर/वालिङ :
लायन्स क्लब अफ वालिङ सिटि र लियो क्लब अफ वालिङ सिटिको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
आउदै गरेको विजया दशमी, दिपावली, छठ, ल्होसार, ईद लगायतका चाडपर्बका अवसरमा शुभकामना आदानप्रदान गरिएको लायन्स क्लब अफ वालिङ सिटिका अध्यक्ष देवेन्द्र प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाण, उपप्रमुख कल्पना तिवारी, वालिङ उद्योग बाणिज्य संघका पूर्ब अध्यक्षहरु कर्ण बहादुर श्रेष्ठ र ल्याप्टेन याम बहादुर गुरुङ,क्लबका पूर्ब अध्यक्षहरु अर्जुन प्रसाद खनाल,चेत नारायण श्रेष्ठ लगायतले बोलेका थिए ।
त्यस्तै तरुण दलका क्षेत्रीय सचिब दीपक रेग्मी, शिक्षक संघका क्षेत्रीय सभापति डण्डपानी पंगेनी, वालिङ उद्योग बाणिज्य संघ महिला उद्यमी बिकास समितिका अध्यक्ष कबिता भुषाल, लियो क्लव अफ वालिङका अध्यक्ष बिदुषा बस्नेत, लिओ क्लवका प्रथम उपाध्यक्ष एवं नेविसंघ नगर सभापति दिक्षान्त प्रताप खाँण लगायत कार्यक्रममा उपस्थित सबैले एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए ।

कार्यक्रम लायन्स क्लब अफ वालिङ सिटिका अध्यक्ष देवेन्द्र प्रसाद भट्टराई सभापतित्व निवर्तमान् अध्यक्ष विष्णु सुवेदी गैह्रेको स्वागत र सचिब दीपक लम्सालको सञ्चालनमा सम्पन्न भएको थियो ।


समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


