लागु औषध दुव्र्यसनी बिरुद्ध लिओ क्लव वालिङको देउसी भैलो (भिडियो सहित)।

आँधीखोला खबर/वालिङ :
लागु औषध दुव्र्यसनी बिरुद्ध जनचेतना जगाउने उद्देश्यले लिओ क्लव अफ वालिङ सिटिले देउसी भैलो कार्यक्रम गरेको छ । पछिल्लो समय लागु पदार्थको दुव्र्यसनमा किसोर किसोरीहरु फस्दै गएको भन्दै लिओ क्लवले जनचेतना मुलक देउसी भैलो कार्यक्रम गरेको अध्यक्ष विदुषा बस्नेतले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै भीरकोट नगरपालिका प्रमुख छायाराम खनालले सदियौं देखि चलि आएको धर्म,संस्कृति र संस्कारको संरक्षणका लागि सबै लाग्नु पर्ने बताउनु भयो । उहाँले लिओ क्लवले संस्कृतिको संरक्षणसँगै लागु पदार्थको दुव्र्यसनी बिरुद्ध जनचेतना जगाउने कार्य गरेको भन्दै धन्यवाद समेत दिनुभयो ।
सो अवसरमा लायन्स क्लव अफ वालिङ सिटिका अध्यक्ष देवेन्द्र प्रसाद भट्टराईले स्थापनाको छोटो अवधीमा नै लिओ क्लवले उत्कृष्ट कार्य गर्दै गएको भन्दै यसलाई निरन्तरता दिन आग्रह समेत गर्नुभयो । उहाँले किसोर किसोरीको सक्रियतामा भईरहेका कार्यक्रमले समाजमा निक्कै राम्रो प्रभाव पार्ने दावी गर्नुभयो । उहाँले भन्नुभयो, “जसरी वालिङ नगरपालिका आफ्नो कामले देशभर परिचित छ, त्यसैगरी लिओ क्लव अफ वालिङ पनि देशभर परिचित हुनेछ ।”
देउसी भैलो कार्यक्रमको समापन गर्दै क्लवका अध्यक्ष बिदुषा बस्नेतले सबैको माया, सद्भाव र स्नेहका कारण आफूहरु समाजमा सकारात्मक कार्य गर्न प्रेरित भईरहेको बताउनु भयो ।
क्लवका प्रथम उपाध्यक्ष दिक्षान्तप्रताप खाँणको स्वागतसँगै भएको कार्यक्रमको सञ्चालन हरि रेग्मीले गर्नु भएको थियो । सो अवसरमा बिभिन्न समुह, बिद्यालय तथा व्यक्तिगत रुपमा देउसी भैलोसँगै जनचेतनामुलक गीतहरु प्रस्तुत गरिएको थियो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…