स्याङ्जामा लागु औषध सहित ३ जना प्रक्राउ ।
आँधीखोला खबर/स्याङ्जा :
स्याङ्जामा लागु औषध सहित ३ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । सिद्धार्थ राजमार्ग अन्तरगत वालिङ—१३ गाहाखोलाबाट लागु औषध सहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बुटवलबाट पोखराका लागि छुटेको बा ३ ख ४९७१ नम्वरको हाईसमा सवार म्याग्दीको बेनी नगरपालिका २ बस्ने ३२ बर्षीय श्रीराम कार्की पक्राउ पेरका हुन् । उनले बोकेको झोलाबाट नोफिन —७५ पिस, डाईजेपाम ७५ पिस, फेनरागन ७५ पिस, नाईट्राजेपाम ४३ पिस नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
त्यस्तै सोही ठाँउको झाडिमा शंकास्पद अवस्थामा बसेका भिरकोट—१ बस्ने बर्ष २१ को भरत गुरूङ र सोही ठाँउ कै २० बर्षीय सहितविन मियाँलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट प्रयोग नभएको सिरिन्ज ५ सेट, फेनरागन – २३ पिस, डाईजेपाम २४ पिस, नोफिन २२ पिस नियन्त्रणमा लिईएको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


