कालीगण्डकीमा अवरुद्ध जलयातायात ‘स्टिमर’ सञ्चालनमा ।

आँधीखोला खबर/कालिगण्डकी :
असारको पहिलो हप्तादेखि बन्द भएको कालिगण्डकी जलयातायात स्टिमर सञ्चालन भएको छ । कालीगण्डकी नदीमा पानीको बाहव बढ्दै गएपश्चात जलयातायात बन्द भएको थियो ।

जलयातायात, फाईल-तस्वीर

स्याङजा को मिर्मी आधिमुहानदेखि सेतीबेनी सम्मको ७ किलोमिटर जलयातायातबाट रमणीय यात्रा गर्न सकिन्छ भने ४५ मिनेटमा मिर्मीदेखि सेतिबेणीसम्म पुग्न सकिन्छ । शिला शालीग्राम कालीगण्डकी जलयातायात प्रालीद्धारा संचालित १२ वटा स्टिमरहरू संचालनमा रहेको स्टिमर ब्यवसायी ले बताएकाछन् । मिर्मीदेखि सेतिबेनीसम्म ७ किलोमिटर जलयात्राको १५० रुपैयाँमा प्रतिब्यक्ति टिकट लिएर यात्रा गर्न सकिनेछ । पहिले जलयातायात गर्नेको भीड लाग्दथ्यो अहिले कालीगण्डकी करिडोर सँगै बिभिन्न ठाउँहरूबाट मोटरबाटो संचालनमा आएपश्चात आन्तरिक पर्यटकहरूले मात्र स्टिमर प्रयोग गर्ने गरेको स्थानीयले बताएकाछन् । पहिले स्याङजा, पर्वत र गुल्मी, बाग्लुङसम्मका ब्यक्तिहरूले यात्रा गर्ने गर्दर्थे । अहिले जताततै मोटरबाटाहरू खुलेका कारण जलयात्रा गर्ने मानिसको संख्या घटेको बताईएको छ । २०५९ सालमा परीक्षण गरिएको वास्प इञ्जिनबाट चल्ने स्टिमरबाट शुरु गरिएको जलयात्रा २०६१ सालबाट ब्यवसायिक रुपमा संचालनमा रहेको छ ।

Facebook Comments Box
TOP