आइएमइ नेपाल लोक स्टारको बिजेता चयनमा धाँधलीको प्रयास भएको भन्दै बिरोध, आयोजक भन्छ १२ बजे सम्मको मात्रै भोट गणना हुन्छ ।
आँधीखोला खबर/वालिङ :
ए पि वान टेलिभिजनले सञ्चालन गरेको आइ एम इ नेपाल लोक स्टार प्रतियोगिताको बिजेता चयन प्रक्रियामा धाँधलीको प्रयास गरिएको भन्दै स्याङ्जामा बिरोध शुरु भएको छ । चेतन गोतामे जिताऔं अभियानका सदस्यहरुले बिजेता चयनमा धाँधलीको प्रयास गरिएको आरोप लगाएकाहुन् ।
मोबाइल एस एम एस र आइ एम इ पे को माध्यम बाट भोटिङ्ग गर्ने तरिका रहेको थियो । आज अपरान्ह १२ बजे सम्म भोट गर्न पाइने ब्यबस्था रहेकोमा १२ बजे भोटिङ्ग समय बन्द गरि १० मिनट पछि पुन भोटिङ्ग समय ३ घण्टाका लागि खोलीएको बताईएको छ । त्यसको १५ मिनेट पछि पुन बन्द गरिएको भए पनि यो कार्यले शंका उत्पन्न गराएको बताईको छ ।

चेतना गोतामे जिताऔं अभियानका संयोजक राज गुरुङले पुर्ण रुपमा नियोजित , धाँधलिपुर्ण रुपमा गतिबिधि सञ्चालन गरिएको आरोप लगाउनु भयो । उहाँले भोटिङ्गको सहित जनताको वास्तविक अभिमत लाई क्षति पुर्ती ब्यबस्था नहुदा सम्म चेतन गोतामे जिताउ अभियान आन्दोलनका कार्यक्रम सहित बिरोधमा लाग्ने जानकारी दिनुभयो ।
अभियान अन्तर्गत काठमाण्डौं जिल्ला प्रशासन कार्यालयमा यसबारे उजुरी दिने तयारी भईरहेको संयोजक गुरुङले जानकारी दिनुभयो । उहाँले धाँधलीमा सहभागी आईएमईका कर्मचारीलाई कारबाही हुनु पर्ने,धाँधली गर्न लगाउने प्रतिस्पर्धी कलाकारलाई कारबाही हुनु पर्ने, तोकिएको समय सम्म खसेको मतको आधारमा बिजेता चयन हुनु पर्ने माग रहेको स्पष्ट पार्नु भयो ।
उता आइएमइ नेपाल लोक स्टार प्रतियोगिताका संयोजक सहदेब कोईरालाले तोकिएको समय अर्थात आज मध्यान्ह १२ बजे सम्मको भोटिङका आधारमा बिजेता चयन गर्ने निर्णय भएको जानकारी दिनुभयो । संयोजक कोईरालाले प्राबिधिक कारणबस कमजोरी हुन गएको रिपोटिङ आफूहरुसँग आएको जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


