निदाएका बेला नेपाललाई हिन्दु राज्यबाट हटाएर नेपालीको संस्कृति माथि आक्रमण गरियो ।

श्रीकृष्ण सिग्देल/स्याङ्जा :
विश्व हिन्दु महासंघ जिल्ला कार्य समितिले आयोजना गरेको वालिङ नगर समितिको पदस्थापना तथा शुभकामना आदनप्रदान कार्यक्रममा वोल्ने बक्ताहरुले जनताले बनाएको संविधानमा हिन्दु राज्य नेपाली जनता निदाएका बेला हटाइएको आरोप लगाएका छन् ।

एक महिना अगाडि भएको सम्मेलनबाट निर्वाचित भएका पदाधिकारीहरुलाई सफथ सहित पदस्थापनाका लागि आयोजना गरिएको कार्यक्रमका बक्ताहरुले नेपाली जनताले हिन्दु राज्यको माग गरिएपनि दलका नेताहरुले रातको समय पारेर जारी भएको संविधानमा हिन्दु राज्य हटाएर घोषणा गरेको आरोप लगाएका हुन् ।
नेपाली जनताको हित विपरीत हटाइएको हिन्दु राज्य कायम गर्न हाम्रो संघर्ष जारी रहने भन्दै उनीहरुले हिन्दु राज्य संविधानमा राख्न आग्रह गरे । हामी शालिन तवरले हिन्दु राज्य संविधानमा राख्न माग गरेका छौं विश्व हिन्दु महासंघका केन्द्रिय सदस्य नेत्रप्रसाद पराजुलीले भन्नुभयो, “शान्त रुपले गरिएको मागलाई सरकार र दलले नसुनेमा कडा संघर्ष गर्न पछि हट्ने छैनौं ।” हिन्दुत्वले चिनिएको नेपाललाई विदेशी धर्म भित्राउने खेल मुलुकमा चल्दै आएको छ पराजुलीले भन्नुभयो ।
पदाधिकारीलाई पदस्थापना गर्दै पराजुलीले हामी सबैमा एकता नभए सम्म मुलुकमा हिन्दु राज्य घोषणा गर्न कठिनाई हुने बताउनु भयो । सबैलाई मुलुकको चिनारीको रुपमा रहेको हिन्दु राज्य हटाउन दलका नेतालाई कसले अधिकार दियो भन्दै केन्द्रिय सदस्य पराजुलीले संविधानमा हिन्दु राज्य लेखाउन सबै एक हुनुपर्ने आवश्यकता रहेको बताउनु भयो । आचरण र व्यवहार पनि हामीले सुधानुपर्छ पराजुलीले भन्नुभयो, “आफ्नो धर्म संस्कृतिलाई विर्सदै जादा बिदेशीले धर्म भित्राउने मौका पाए ।” यस्ता बिकृतिलाई गाँउ टोलमा आउन नदिन सबै हिन्दुत्वहरुले आ—आफ्नो भुमिका खेल्नु पर्ने उहाँले बताउनु भयो ।
विभिन्न बहाना बनाएर विदेशी धर्म गाँउ गाँउमा पुग्न थालेको प्रति ध्यानाकर्षण गर्न जोड दिइएको थियो । नेपाली जनताले नचाहादा नचाहदै आएको धर्म निरपेक्षले सबै नेपालीको चित्त दुखाएको वालिङ नगर उपप्रमुख कल्पना तिवारीले बताउनु भयो । हिन्दु धर्म हटेको हैन नगर उपप्रमुख तिवारीले भन्नुभयो,“आफ्नो धर्मलाई ओझेलमा पर्न नदिन सबैले भुमिका खेल्न आवश्यक छ ।” हाम्रो सोचलाई बलियो बनाएर अगाडि बढ्न तिवारीको आग्रह थियो । हामीले मान्दै आएको संस्कृतिको जर्गेना र बचाउन विश्व हिन्दु महासंघले महत्वपूर्ण भुमिका खेल्ने विश्वास तिवारीको थियो ।
पदस्थापना कार्यक्रममा वालिङ नगर समितिका नवनिर्वाचित अध्यक्ष सीताराम अधिकारीले नगर मात्रै नभएर एघारै स्थानीयतहमा विश्व हिन्दु महासंघ गठन गरी संस्कृति र संस्कार बचाउन हामीले भुमिका खेल्ने बताउनु भयो । ५१ सदस्यीय वालिङ नगर समितिलाई निर्वाचन समितिका संयोजक दिपक लम्सालले पद तथा गोपिनियताको सफथ गराउनु भएको थियो । कार्यक्रममा प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
समितिले ९ सदस्यीय सल्लाहकार समिति समेत मनोनित गरेकोको संघले जनाएको छ । पदस्थापना तथा शुभकामना आदनप्रदान कार्यक्रमको अध्यक्षता विश्व हिन्दु महासंघ जिल्ला अध्यक्ष हरीहर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष जगदिश गैह्रे र संचालन सचिव पदमप्रसाद पाण्डेले गर्नु भएको थियो ।

Facebook Comments Box
TOP