२९ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस : भीरकोटमा वृहद निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ।

एशिव शरण महत/भीरकोट :
२९ औं अन्तराष्ट्रिय जेष्ठ नागरीक दिवसको अवसरमा भीरकोटमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । भीरकोट नगरपालिकाको आयोजना र यूवा चिकित्सक संघ नेपालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

भीरकोट—६ को खिलुङ् देउराली स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा जेष्ठ नागरीकहरुको विभिन्न रोग सम्वन्धी परिक्षण एवम औषधी वितरण गरीएको थियो ।
शिविरको शुभारम्भ गर्दै भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालले जेष्ठ नागरिक समाजका ऐना भएको बताउनु भयो । उहाँले भन्नुभयो, “अग्रजको सम्मान गर्नु हामी सवैको दायित्व हो ।”

जेष्ठ नागरीकहरु स्वास्थ्यको पहँुच वाट बन्चीत हुन नपरोस र रोगको पहिचान गरी समयमा नै औषधी गर्न सकियोस भन्दै जेष्ठ नागरीकहरुको लागि निःशुल्क शिविर राखिएको बताउनु भयो ।
वृहत निःशुल्क स्वास्थ्य शिविरमा हाडर्जोनी तथा नशा रोग विशेषज्ञ,स्त्री रोग विशेषज्ञ,वालरोग विशेषज्ञ,जनरल फिजिसियन,नाक कान घाटी तथा दाँत रोग विशेषज्ञ लगायतको डाक्टरहरु सहितको टोलीले जेष्ठ नागरीकहरुको पयिरक्षण गरेका थिए ।
खिलुङ् देउराली स्वास्थ्य चौकीका व्यवस्थापन समितिका अध्यक्ष एवं वडा न ६ का वडा अध्यक्ष लक्ष्मण खत्री क्षेत्रीको अध्यक्षतामा सम्पन्न २९ औं अन्र्तराष्ट्रिय जेष्ठ नागरीक दिवस तथा वृहत निःशुल्क स्वास्थय शिविर कायक्रमको संचालन भीरकोटका स्वास्थ्य शाखा प्रमुख नारायणवन्धु अर्याल, स्वागत मन्त्व्य वडा न ४ का वडा अध्यक्ष चन्द्र वहादुर वस्नेतले गर्नु भएको थियो भने यूवा चिकित्सक संघ नेपालका प्रतिनिधि डाक्टर नीकोलस भुषालले कार्यक्रमका बारेमा प्रकाश पार्नुभएको थियो ।

शिविरबाट पेट तथा छाती रोग सम्वन्धी ६२ जना, हाड र्जोनी तथा नशा रोग सम्वन्धी ४६ जना, दाँत रोगी १४ जना, स्त्री रोग सम्वन्धी १२, वाल रोग सम्वन्धी ७ जना गरी १४१ जना सेवा ग्राहीलाइ रोग सम्वन्धी परामर्श तथा औषधी प्रदान गरीएको थियो । निःशुल्क स्वास्थ्य शिविरमा भीरकोटका ५, ६, ७ र ८ वडाका सेवाग्राहीले सेवा लिएका थिए ।
समाचार
थप सामाग्री
कोटीहोममा १२ जनाको सामुहिक व्रतवन्ध, हवन शुरु, आज रक्तदान हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा १२ जनाको सामुहिक व्रतवन्ध गरिएको छ भने शनिबार रक्तदान…