पूर्व राजाद्धारा दशैको शुभकामना

पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार बडा दशैको अवसरमा नेपालीलाई शुभकामना सन्देश दिनु भएकाे छ। पूर्व राजा शाहले जारी गरेको सन्देशमा राष्ट्रको विधि–विधान, व्यवस्था र बन्दोबस्त सर्वग्राह्य बन्नुपर्ने बताउनु भएकाे छ।

पुर्खाको गाथा, पौरख र सुसंस्कृत सभ्यतालाई भुलेर जान खोज्दा भलो नहुने उहाँको भनाइ छ ।
पूर्वराजा ज्ञानेन्द्रले –‘एकले अर्कोमाथि दोष थोपर्ने, जिम्मेवारी पन्छ्याउने र आ–आफ्नो कमी–कमजोरीलाई ढाकछोप गरी निषेध र विभेदको प्रक्रिया अपनाउने प्रवृत्ति कुनैपनि अर्थमा राम्रो होइन ।’ भन्नु भएकाे छ ।
नेपाली सबैको उद्देश्य हाम्रो पूरै देशको उन्नतिबाहेक अरु केही हुन नहुने भनदै नेपाल आफैं उत्पीडन र आतंकको नभइ बुद्धि र भाइचाराको ‘स्मारक’ बन्नुपर्नेमा पनि उहाँले जोड दिनु भएकाे छ ।
‘राष्ट्रियता धर्मराएको, शान्ति–अमनचयन हराएको र फेरि पनि विद्रोहको भुसको आगो भित्र–भित्रै सल्कँदै गएको अवस्थाले कसैको हित हुँदैन’–सन्देशमा उहाँले लेख्नु भएकाे छ–‘प्रतिकार, प्रतिवाद, दमन र नियन्त्रणको कार्यविधिभन्दा सम्याउने, सुल्झाउने, सच्याउने र आफ्नै राष्ट्रिय आदर्शबमोजिम समझदारीका साथ अघि बढ्ने अटुट प्रयत्न हुनुपर्दछ ।’
देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उहाँले ‘नेपाल हाम्रो हो, हामी नेपाली हौं र नेपालको आफ्नो मौलिकपन नै हाम्रो अस्तित्व हो भन्ने कुरा बुझ्नुपर्ने’ औंल्याउनु भएकाे छ ।

समाचार
थप सामाग्री
प्रदेशकै उत्कृष्ट बन्याे स्याङ्जाकाे कालीगण्डकी गाउँपालिका
४ दिन अगाडि
वालिङ १ फागुन कार्यसम्पादनको मुल्यांकनको आधारमा स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट भएका छन् । ११ स्थानीय तह रहेको जिल्लाको…