जन्मदिनको अवसरमा पत्रकार भुर्तेलले गरे आँखा दान ।


आँधीखोला खबर/स्याङ्जा :

पत्रकार निर्भीक नारायण भुर्तेलले जन्मदिनको अवसरमा आँखा दानको घोषणा गर्नु भएको छ ।
२६ औ जन्म दिनको अवसरमा आफ्नो मृत्यु पछिको योजनालाई सार्थक बनाउन आँखा दान गरेको पत्रकार भुर्तेलले बताउनु भयो ।

आफु मरे पछि पनि आफ्नो आखाँबाट अरु कसैले सुन्दर संसार देख्न सकोस भन्ने उद्देश्यले आफु जन्मेको दिन काठमाण्डौंको गौशाला स्थित तिलगंगा आँखा प्रतिष्ठानमा पत्रकार भुर्तेलले आँखा दानको लागि इच्छापत्र बुझाउनु भएको हो । मान्छेको शरीर हो एक दिन खरानी भएर जान्छ, कसैले पनि यो शरीरलाई लिएर जादैनन् भन्दै भुर्तेलले मरेपछि पनि सदुपयोग गर्न आँखा दान गरेको पत्रकार भुर्तेलको भनाई छ । उहाँ भन्नुभयो, “मैले आखाँ दान महादान भन्ने सुन्दै आए थिए त्यसैले धेरै पहिले देखिनै मृत्यु पछिको योजना तय गर्दै आँखा दान गर्ने निचोडमा पुगें ।”
आँखा दान भनेको पूरै आँखा निकाल्ने कुरा नभएर मृत्यु पछि आँखाको नानीमात्रै दान गर्ने कुरा हो तिलगंगा आँखा प्रतिष्ठानका आँखा प्राबिधिक किरन इजम सुब्बाले भन्नुभयो, “नानी निकाल्दैमा मृतकको अनुहार कुरूप हुँदैन ।” नेपालमा एउटा आखाँ बराबर १२ जना बिरामीहरु आखाँ प्रत्यारोपण गर्ने प्रतिक्षामा बस्ने गरेको प्राविधिक सुब्बाले बताउनु भयो ।
सुब्बाले जन्मदिनको असरमा आँखा दान गर्ने भुर्तेलले जस्तै हरेक मानिसहरुले पनि आँखा दान गरेमा राम्रो हुने र अन्य दृष्टिबिहीनहरुले सोही आँखाबाट संसार देख्न सक्ने धारणा राख्नुभयो ।
नेपाली समाजमा मरिसकेपछि अंगदान गर्नुहुन्न भन्ने परम्परा छ यसलाई चिर्दै यस्तो सही काम अर्थात अरूको जीवन उज्यालो बनाउने काम भएकाले मैले आँखा दान गरेको हुँ भन्दै पत्रकार भुर्तेलले
भन्नुभयो, “अहिलेको प्राबिधिक युगमा मानव शरीरको कुनै पनि अंग खेर फाल्न हुदैन ।”

यसैबीच पर्बतको पैयूँ गाउँ पालिका ५ मा भएको आँखा दान घोषणा कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाणले आँखा दान गर्नु पुण्यको काम रहेको बताउनु भयो । उहाँले भन्नुभयो, “आखाँ दान महादान हो त्यसैले सबैले मृत्यु पछि उपयोग हुने गरी आँखा दान गरौं ।” सो अवसरमा पैयूँ गाउँ पालिकाका अध्यक्ष खगेन्द्र तिवारीले आखाँ दान गर्नु उत्तम काम रहेको धारणा राख्नुभयो ।
घोषणा कार्यक्रममा राजनितिक दलका प्रतिनिधि, समाज सेवी लगाएत भुर्तेल बासीको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
TOP