डिभी भर्नुभो ?
अमेरिका जाने सजिलो उपायका रुपमा हरेक बर्ष डिभी भर्नेहरुको संख्या हजारौं हुन्छ। कतिपयले डिभी फर्म आफैं भर्छन भने कतिपयले विभिन्न पसलहरुबाट भर्ने गरेको पाइन्छ। कार्तिक १९ गते मंगलबार राति १०ः४५ बजेसम्म डिभी भर्न पाइन्छ ।
अन्तिम मिनेटमा डिभी भरे पनि फरक पर्दैन । किनकि यो चिठ्ठा हो । सबै आवेदकलाई कम्प्युटरले एउटै मान्यता दिन्छ र चिठ्ठामा समावेश गर्छ ।
यसैबिच अमेरिकी दुतावासले डिभी फर्मका बारेमा आफ्नो तर्फबाट केहि प्रष्ट पार्ने प्रयास गरेको छ। दुतावासले सूचना जारी गरि पहिले डिभी भर्नेलाई पर्ने र पछि भर्नेलाई नपर्ने भनी बजारमा ठगी बढेकोसमेत बताएको छ ।
दुतावासले आफै डिभी भर्न भनेको छ । यसो गर्दा उनीहरु कत्तिको दक्ष छन् मुल्यांकन पनि हुन्छ । ठगीबाट जोगिन पनि सक्छन् ।
कस्तो ठगी ?
बजारमा डिभी भर्नका लागि सयौंको संख्यामा त्यस्ता थुप्रै ‘पसल’ खुलेका छन् जसले ठूलो ब्यापार गरिरहेका छन् । फोटोग्राफी ‘पसल’ मा त असोजको मध्यदेखि ब्यापार नै भइरहेको छ ।
थुप्रै त्यस्ता पसलले विगतमा यतिधेरै डिभी पर्यो भनेर प्रचार पनि गरिरहेका छन् । त्यतिमात्र हैन अमेरिकाले घरमै बसेर निःशुल्क भर्न सकिने डिभीमा भइरहेको ठगीमा नफस्न आग्रह गरिरहेको छ ।
त्यस्ता पसले भने फोटो निःशुल्क दिने नाममा महंगोमा डिभी भराइरहेका छन् । त्यसैगरी घरका अरु सदस्यको पनि एकैसाथ भर्ने भए डिस्काउन्ट दिने लोभ पनि त्यस्ता पसलेले दिइरहेका छन् ।
पासपोर्ट भएकाहरुले अझै ६ दिन भित्र डिभी भर्न सक्नेछ्न् । यो पटकदेखि पासपोर्ट नभएकाहरुले डिभी भर्न नपाउने व्यवस्था अमेरिकाले गरेको छ।
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


