विद्यार्थी नेता पंगेनीद्वारा जन्मदिनमा शैक्षिक सामग्री वितरण

आँधीखोला खबर/वालिङ :
नेपाल विद्यार्थी संघ स्याङ्जाका कोषाध्यक्ष ध्रुव पंगेनीले जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।
पंगेनीले वालिङ ११ मा रहेको स्वरेक कालिका आधारभूत विद्यालयमा अध्ययनरत ५५ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री तथा खेलकुदका सामग्री वितरण गर्नुभएको हो ।
“विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दा उनीहरूमा आत्मविश्वास बढ्ने भएकाले मैंले गर्ने फजुल खर्चलाई कटाएर साना भाई बहिनीको शैक्षिक अभियानमा सानो सहयोग गरेको हुँ” विद्यार्थी नेता पंगेनीले भन्नुभयो, “अनुशासित भएर पढ्ने र दैनिक रूपमा विद्यालय उपस्थित हुने आशा उनीहरुमा जगाउनु छ ।”
कार्यक्रममा बोल्नुहुँदै नेपाल शिक्षक संघ क्षेत्रीय सभापति डण्डापाणी पंगेनीले शैक्षिक सामग्री वितरण गर्दा विद्यार्थीलाई हौसला मिल्ने बताउँदै आगामी दिनमा पनि यस्तै रचनात्मक कार्यहरुतर्फ अग्रसर हुन सुझाव दिनुभयो ।
उहाँले जन्मदिन मनाउने निहुँमा हुने गरेका फजुल खर्चलाई रोक्दै स–साना बालबालिकालाई शिक्षाको उज्यालो प्राप्तिका लागि शैक्षिक सामग्री सहयोग गर्नु उदाहरणीय र प्रशंसनीय कार्य भएको बताउनुभयो ।
कार्यक्रममा विद्यालयकी शिक्षिका सुनिता उच्चै ठकुरी, नेविसंघ वालिङ नगर सभापति दिक्षान्तप्रताप खाँण, विद्यार्थी नेता मणि सुबेदी, सागर गुरुङ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यार्थी नेतृ राधा पंगेनीले र स्वागत विद्यार्थी नेता हरि रेग्मीले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
२ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…