ओमानसँग नेपालको लज्जास्पद हार
ओमानमा जारि पाँच देश सम्मिलित टि-२० प्रतियोगिता अन्तर्गत नेपाल ओमान विरुद्दको आजको खेलमा ६ विकेटले पराजित भएको छ।
खेलमा टस हारेर ब्याटिङ्गको निम्तो पाएको नेपाल ११ ओभरमा सबै विकेट गुमाउँदै केवल ६४ मात्रै जोड्न सक्यो। टि-२० क्रिकेटमा आफ्नो दोश्रो कम योगफल बनाएको नेपाललागि आरिफ शेखले सर्वाधिक २०, दिपेन्द्र ऐरीले ११, रन बनाउँदा अन्य ब्याट्सम्यान चल्न सकेनन्।
जबाफमा ६५ रनको झिनो रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको ओमानको पनि सुरुवात राम्रो हुन सकेन। चुस्त नेपाली बलिङ्ग तथा फिल्डिङ्गसामु झिनो रनको लक्ष्य ओमानले ११.५ ओभरमा ४ विकेटको क्षतीमा ६५ रन बनाउँदै भेट्टाएको थियो। उसका लागि सुरज कुमारले ३० बलको सामना गर्दै ४२ रन बनाए।
नेपालका लागि करण केसीले ४ ओभरमा रन खर्चिदैँ २ विकेट लिँदा सन्दीप लामिछानेले २३ दिँदै १ सोमपाल कामीले २ ओभरमा ७ रन दिदैँ १ विकेट हात पारे ।
यो हार सँगै नेपालले प्रतियोगिताको ४ खेलबाट २ जित २ हार निकालेको छ। नेपालले हङकङ र नेदरल्याण्डलाई समान ४ विकेटले पराजित गरेको थियो भने आयरल्याण्डसँग १३ रनले पराजित हुन पुगेको थियो।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


