करण केसीको अलराउण्ड प्रदर्शनले नेपालको रोमाञ्चक जित
करण केसीले अन्तिम ओभरमा आवश्यक १७ रन बनाउँदै नेपाललाई नेदरल्याण्ड बिरुद्ध ४ विकेटको जित दिलाएका छन्। उनले ४ विकेट पनि लिएका थिए। अलराउण्ड प्रदर्शन गरेका करणले ३.३ ओभरमा १७ रन खर्चिंदै ४ विकेट लिएका थिए।
ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो दोस्रो खेलमा नेपालले जितेको हो । पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो।
करणले १४ बलको सामना गर्दै ३१ रन बनाएका थिए। उनले ३ छक्का र १ चौका प्रहार गरेका थिए।
नेपालले टस जितेर नेदरल्याण्डलाई ब्यटिङका लागि निम्त्तयाएको थियो। नेदरल्याण्ड १९.३ ओभरमा सबै विकेट गामउँदै १ सय ३३ रन बनाएको थियो। नेपालका लागि सन्दिप लामिछानेले ४ ओभरमा २० रन खर्चिंदै ४ वेकट लिएका थिए। नेदरल्याण्डका म्याक्स ओडोडले ४३ रन बनाएका थिए।
नेपालका लागि कप्तान पारस खड्काले ४१ बलमा ३३ रन बनाएका थिए। त्यसगरि बिनोद भण्डारीले २६ रनको योगदान दिएका थिए। नेदरल्याण्डका लगि भान डर मर्वले २ विकेट लिएका थिए।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


