चिनियाँ राष्ट्रपति सीको स्वागतमा आइतबार सार्वजनिक बिदा ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणका क्रममा सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति सीको दुई दिने राजकीय भ्रमणको अवसर स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। 

शनिबारदेखि हुने भ्रमणको सरकारले उच्च सुरक्षा व्यवस्था मिलाएको छ। अति विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७० अनुसार चारवटै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको हो।

आवश्यक तयारीको सिलसिलामा दैनिक सुरक्षा समन्वयात्मक छलफल चलिरहेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति कार्यालयसम्म र बस्ने होटलसम्मको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ ।

Facebook Comments Box
TOP