दु:खगरि बढें, हलो जोति पढें, देख्न पाईन भात मैंले..चेतन गोतामे (भिडियो सहित)
दु:खगरि बढें, हलो जोति पढें, देख्न पाईन भात मैंले ।
मनमा पीर पर्ने, सबले हेला गर्ने, कस्तो पाएँ जात मैंले ।।
सधैंं मलाई रुनको रुन ।
कुन पापीले दिएन घर हुन ।।
यो गितका लाईनहरु स्याङ्जाका चेतन गोतामेले आफ्नै सिर्जनामा उत्कृष्ट शैलीमा गाएका हुन् ।
नेपाल लोक स्टारको प्रतिस्पर्धात्मक यात्राामा टप ६ अर्थात ३० औं भागमा चेतन गोतामेले जुन प्रस्तुति पस्काए, बडा दमदार र शानदार थियो तर शाब्दिक रूपमा पनि उत्तिकै मार्मिक रह्यो । आफ्नै शब्द, आफ्नै सँगीत र आफ्नै वजनदार आवाजको प्रस्तुतिले, कसको मन छोएन होला र ? बिशेषगरी, गण्डकी भेगमा अति नै प्रचलित यो ठाडो भाका, गण्डक क्षेत्रको लोक सँस्कृतिमा एउटा पहिचान पनि हो । यस्तो लाग्छ, चेतन यो गायनमा प्रतिस्पर्धी मात्रै होईन कि अब लोपोन्मुख लोक भाकाहरूको उत्थान र जगेर्ना गर्नपट्टि पनि जिम्मेवारी वहन गर्ने व्यक्तित्वको रूपमा अघि सर्नुपर्दछ ।

फेरि, यसपटक पनि शीर्ष ६ बाट पास भएर शीर्ष ५ मा प्रवेश गरेकाछन् चेतनले । अनि, यहाँँहरूलाई थाहै छ, चेतनको यसभन्दा पनि मीठा र मर्मस्पर्सी गीतहरू निरन्तर सुन्न चाहनुहुन्छ भने, कृपया निरन्तर भोट पनि गर्दै गर्नुहोला ।
भोटको लागि : मेसेज बक्सबाट L 04 टाईप गरेर 37000 SEND थिच्नुस् अनि IME PAY मार्फत पनि मजाले भोट गर्न सक्नु हुनेछ । यसैगरी, आर्थिक सहयोग पनि गर्न सक्नुहुनेछ ।
समाचार
थप सामाग्री-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीसँगै स्याङ्जा–२ मा राजनीतिक माहोल ह्वात्तै तात्तिएको छ। यसैक्रममा नेविसंघ काठमाडौँ–स्याङ्जा सम्पर्क…


