दु:खगरि बढें, हलो जोति पढें, देख्न पाईन भात मैंले..चेतन गोतामे (भिडियो सहित)
दु:खगरि बढें, हलो जोति पढें, देख्न पाईन भात मैंले ।
मनमा पीर पर्ने, सबले हेला गर्ने, कस्तो पाएँ जात मैंले ।।
सधैंं मलाई रुनको रुन ।
कुन पापीले दिएन घर हुन ।।
यो गितका लाईनहरु स्याङ्जाका चेतन गोतामेले आफ्नै सिर्जनामा उत्कृष्ट शैलीमा गाएका हुन् ।
नेपाल लोक स्टारको प्रतिस्पर्धात्मक यात्राामा टप ६ अर्थात ३० औं भागमा चेतन गोतामेले जुन प्रस्तुति पस्काए, बडा दमदार र शानदार थियो तर शाब्दिक रूपमा पनि उत्तिकै मार्मिक रह्यो । आफ्नै शब्द, आफ्नै सँगीत र आफ्नै वजनदार आवाजको प्रस्तुतिले, कसको मन छोएन होला र ? बिशेषगरी, गण्डकी भेगमा अति नै प्रचलित यो ठाडो भाका, गण्डक क्षेत्रको लोक सँस्कृतिमा एउटा पहिचान पनि हो । यस्तो लाग्छ, चेतन यो गायनमा प्रतिस्पर्धी मात्रै होईन कि अब लोपोन्मुख लोक भाकाहरूको उत्थान र जगेर्ना गर्नपट्टि पनि जिम्मेवारी वहन गर्ने व्यक्तित्वको रूपमा अघि सर्नुपर्दछ ।

फेरि, यसपटक पनि शीर्ष ६ बाट पास भएर शीर्ष ५ मा प्रवेश गरेकाछन् चेतनले । अनि, यहाँँहरूलाई थाहै छ, चेतनको यसभन्दा पनि मीठा र मर्मस्पर्सी गीतहरू निरन्तर सुन्न चाहनुहुन्छ भने, कृपया निरन्तर भोट पनि गर्दै गर्नुहोला ।
भोटको लागि : मेसेज बक्सबाट L 04 टाईप गरेर 37000 SEND थिच्नुस् अनि IME PAY मार्फत पनि मजाले भोट गर्न सक्नु हुनेछ । यसैगरी, आर्थिक सहयोग पनि गर्न सक्नुहुनेछ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


