नेपाल लोक स्टारका प्रतिस्पर्धी गायक चेतन गोतामेलाई गृह जिल्ला स्याङ्जामा भव्य स्वागत ।

राधाकृष्ण डुम्रे/स्याङ्जा :
नेपाल लोक स्टारको शीर्ष ५ मा प्रवेश गरेका गायक चेतन गोतामेलाई गृह जिल्ला स्याङ्जामा भव्य स्वागत गरिएको छ । गायक गोतामे ३० औ भागको प्रतिस्पर्धाबाट उत्कृष्ट ५ मा प्रबेश गर्नु भएको थियो ।


गोतामेलाई स्याङ्जाको वालिङमा वन्डरफुल पर्यटन संस्थाले स्वागत गरेको थियो भने वालिङ मै गण्डकी प्रदेशका बिधायन समितिका सभापति मोहन रेग्मी, तथा जैपतेमा राष्ट्रिय कलाकार पुरुषोत्तम न्यौपाने सहितको टोली सम्मान गरेको थियो । वालिङ नगरपालिका वडा नम्वर १२ का स्थायी बासिन्दा गोतामेले लोक स्टारको प्रतिस्पर्धामा उत्कृष्ट गीत प्रस्तुत गर्दै आउनु भएको छ ।
३० औं भागमा गोतामेले उत्कृष्ट शैलीमा गाएको गीतले सबै दर्शकको मन छाएको पाईएको छ ।
“दुःखगरि बढें, हलो जोति पढें, देख्न पाईन भात मैंले ।
मनमा पीर पर्ने, सबले हेला गर्ने, कस्तो पाएँ जात मैंले ।।
सधैंं मलाई रुनको रुन ।
कुन पापीले दिएन घर हुन ।।”
जस्ता आफ्नै शब्द, आफ्नै सँगीत र आफ्नै वजनदार आवाजको प्रस्तुति शव्दले भरीपूर्ण प्रस्तुती दिनु भएका गोतामेलाई बिजेता बनाउनको लागि भोट गर्न नभुलौं ।

भोटको लागि : मेसेज बक्सबाट L 04 टाईप गरेर 37000 SEND थिच्नुस् अनि IME PAY मार्फत पनि मजाले भोट गर्न सक्नु हुनेछ । यसैगरी, आर्थिक सहयोग पनि गर्न सक्नुहुनेछ ।

Facebook Comments Box
TOP