चापाकोट नगरपालिका १० मा वडा स्तरीय भलिबल प्रतियोगिता सुरु ।
बिश्व प्रकाश भट्टराई/ चापाकोट :
स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर १० बायोडाँडामा साबिकको वडा स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । स्थानीय पशुपति युबा क्लबको आयोजनामा प्रतियोगिता शुरु भएको हो ।
कार्यक्रमको उदघाट्न गर्दै चापकोट नगर प्रमुख शिवकुमार गिरीले खेलकुदले नै युवाहरु को व्यक्तिव बिकास गर्ने स्पष्ट पार्नु भयो । उहाँले गाँउ—गाँउमा हुने व्यक्तित्व बिकास सम्वन्धी कार्यक्रमलाई नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
नगर प्रमुख गिरीले वडा नम्बर १० बायोडाँडामा खानीपानी तथा सडकको क्षेत्रमा राम्रो प्रगती भईरहेको बताउनदै महिलाहरुको लागी विभिन्न प्रकृतिका सिपमुलक तालिम समेत सञ्चालन भईसकेको स्मरण गराउनु भयो ।

कार्यक्रममा नेपाली काँग्रेस चापाकोट नगर सभापति रामचन्द्र पङ्गेनी कार्यपालिका सदस्य सुर्य माझी लगायत बोलेका थिए ।
पशुपति युबा क्लबका अध्यक्ष श्री प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको को कार्यस्वागत क्लबका सदस्य दुर्गा श्रेष्ठ र सञ्चालन दिबस भन्डारीले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


