चापाकोट नगरपालिका १० मा वडा स्तरीय भलिबल प्रतियोगिता सुरु ।

बिश्व प्रकाश भट्टराई/ चापाकोट :
स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर १० बायोडाँडामा साबिकको वडा स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । स्थानीय पशुपति युबा क्लबको आयोजनामा प्रतियोगिता शुरु भएको हो ।
कार्यक्रमको उदघाट्न गर्दै चापकोट नगर प्रमुख शिवकुमार गिरीले खेलकुदले नै युवाहरु को व्यक्तिव बिकास गर्ने स्पष्ट पार्नु भयो । उहाँले गाँउ—गाँउमा हुने व्यक्तित्व बिकास सम्वन्धी कार्यक्रमलाई नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
नगर प्रमुख गिरीले वडा नम्बर १० बायोडाँडामा खानीपानी तथा सडकको क्षेत्रमा राम्रो प्रगती भईरहेको बताउनदै महिलाहरुको लागी विभिन्न प्रकृतिका सिपमुलक तालिम समेत सञ्चालन भईसकेको स्मरण गराउनु भयो ।

कार्यक्रममा नेपाली काँग्रेस चापाकोट नगर सभापति रामचन्द्र पङ्गेनी कार्यपालिका सदस्य सुर्य माझी लगायत बोलेका थिए ।
पशुपति युबा क्लबका अध्यक्ष श्री प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको को कार्यस्वागत क्लबका सदस्य दुर्गा श्रेष्ठ र सञ्चालन दिबस भन्डारीले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…