क्यान शुभकामना आदानप्रदान : प्रबिधी बिना बिकाश संम्भब छैन ।
सुशील सुबेदी/वालिङ :
अबको युगमा प्राबिधिक ज्ञान बिना बिकास संम्भब नभएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । कम्प्युटर एशोसियसन नेपाल महासंघ, क्यान— स्याङजाले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा “लेट्स बिल्ड ई नेपाल” क्यानको नारा अनुशार ई वालिङको प्रोजेक्ट ल्याएर वालिङ लाई प्रबिधि मैत्री बनाउन तर्फ सबै लाग्नु पर्ने बताएका हुन् ।

वालिङ नगरपालिकाको सभा हलमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै भिरकोट नगरपालिकाका नगरप्रमुख छाँयाराम खनालले प्रबिधि बिना बिकासको कल्पना पनि गर्न नसकिने बताउनु भयो । ‘आई सि टी बेस्ड बिद्यालय , ई गभरेन्स , पेपरलेश नगर जस्ता महत्वपुर्ण सोँच बनाएका छौँ तर दक्ष जनशत्ती हामीसँग छैन ’ , खनालले गुनासो पोख्नु भयो ।

कार्यक्रममा वालिङ नगरपालिकाका नगरप्रमुख दिलिप प्रताप खाँणले प्रबिधिमैत्री नगर बनाउन क्यानले सहयोगी भुमिका खेल्न आबश्यक रहेको बताउनु भयो । प्रबिधिको उच्च प्रयोगसँगै नगरबासीलाई नयाँपनको अनुभुती दिलाउने बताउँदै खाँणले भन्नुभयो, ‘ यदी क्यानले सहयोग गर्छ भने , आगामी बर्ष भित्र १४ वटै वडासँगको बैठक भिडीयो कन्फरेन्स मार्फत गर्नेछौँ । ’
प्रबिधिको कुरा गर्ने तर ज्ञानको अभाव हुने कारण प्राबिधिक शिक्षा लागु गर्ने संस्था को आबश्यक रहेको क्यान स्याङजाका अध्यक्ष मणी प्रशाद अर्यालले बताउनु भयो । उहाँलेले भन्नुभयो , ‘सोँच प्राबिधिक बनाउँदै गर्दा प्रबिधिसँग जनतालाई जोड्ने अभ्यास कती गरायौँ । ’

वालिङ नगरपालिकाका उप—प्रमुख कल्पना तिवारी , भिरकोट ५ का वडा अध्यक्ष लक्ष्मण अधिकारी , वालिङ १३ का आनन्द पाठक लगाएतले शुभकामना व्यक्त गरेका थिए ।
क्यान स्याङजाका सचिव धुर्ब सुबेदीले संचालन गरेको कार्यक्रम संस्थाका अध्यक्ष मणी प्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो भने सदस्य जोगराज पाठकले स्वागत गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


