बिजया दशमी : टिकाको साईत विहन १०.३५ मा, टिका लगाउदा कता फर्कने ?

आँधीखोला खबर/स्याङ्जा :
मंगलबार यस बर्षको बिजया दशमी टिका र जमरा लगाउनुका साथै आफू भन्दा ठुलाबडासँग आशिर्बाद लिएर मनाईदै छ । टिकाको साईत बिहान १० बजेर ३५ मिनेटमा उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो । उहाँले बिजया दशमीको दिन त्यसै पनि उत्तम रहने भन्दै साईत छुटिहाल्यो कि भनेर चिन्ता नगर्न आग्रह गर्नुभयो ।

टिका थाप्ने/लगाउने व्यक्ती पूर्ब दिशा तर्फ फर्कने र टिका लगाईदिने व्यक्ति पश्चिम दिशा तर्फ फर्कन उचित हुने ज्यातिषी जनार्दन न्यौपानेले जानकारी दिनुभयो ।
१२ गतेबाट शुरु गरिएको घटस्थापन भोलि नै बिसर्जन गरिदैछ । बिहान ८ बजेर ५५ मिनेटमा देबीको बिसर्जनको लागि उत्तम साईत रहेको पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डाक्टर गौतमले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…