गल्याङ बजारमा भिन्तुना पर्व मनाईने गल्याङ ।

नारायण विश्वकर्मा /गल्याङ :

स्याङ्जाको गल्याङ बजारमा शनिवार भिन्तुना पर्व मनाईने भएको छ ।

नेपाल संवत ११४० को पावन अवसरमा गल्याङ नेवा समाजले भिन्तुना पर्व मनाउन लागेको गल्याङ युवा क्लबका अध्यक्ष गंगा प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल संवत ११४० को स्वागतार्थ गल्याङ बजारमा भिन्तुना र्याली निकालिने भएको छ । गल्याङ नेवा खलको आयोजनामा गल्याङ्का विभिन्न चोकमा भिन्तुना र्याली निकाल्ने तयारी भएको छ ।

नेवारी समुदायमा प्रचलित म्हः पूूजाको दिनदेखि नेपाल संवत् (नयाँ बर्ष) प्रारम्भ हुने हुँदा उक्त दिन बिहान ८ बजे गल्याङमा विभिन्न झाँकीसहित र्याली निकाल्ने नेवाः खल गल्याङ्का अध्यक्ष बलराम श्रेष्ठले जानकारी दिनुभयो ।

र्याली नेपाल संवत् सुरू हुने दिनको पूर्व सन्ध्या अर्थात् कात्तिक ९ गते निकालिनेछ ।

नेपाल संवत राष्ट्रिय विभूूती शंखधर शाख्वाले चलाएका हुन् । शाख्वाले तत्कालीन नेपाल भनेर चिनिने काठमाडांै, ललितपुर र भक्तपुरका जनताको ऋण तिरेर नेपाल संवत् चलाएका हुन् । सरकारले नेपाल संवत्का प्रवर्तक शाख्वालाई २०५५ सालमा राष्ट्रिय विभूति घोषणा गरेको थियो । नेपाल संवत् नेपालमै प्रादूर्भाव भएको मौलिक संवत् हो ।

Facebook Comments Box
TOP