न्यानो कपडा बितरण सँगै ब्युटिसियनहरुले गरे बृद्धबृद्धाहरुको शारीरिक स्याहार ।

राधाकृष्ण डुम्रे/स्याङ्जा :
स्याङ्जाको रामनदीधाम राम्दीमा रहेको शिवपार्वती बृद्धाश्रममा बसोबास गर्ने बृद्धबृद्धाहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

व्युटिपार्लर एशोसियसन स्याङ्जा र सक्षम सिविटेन क्लवको संयुक्त आयोजनामा बृद्धबृद्धाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । जाडो शुरु हुँदै गर्दा न्यानो पार्ने कपडाले बृद्धबृद्धाहरुलाई सहज होस् भन्ने उद्देश्यले कपडा वितरण गरिएको व्युटिपार्लर एशोसियसन स्याङ्जाकी अध्यक्ष पुष्पा अर्याल रानाभाटले बताउनुभयो ।
एसोसियनको अगुवाईमा आश्रममा बस्दै आएका बृृद्धबृद्धाहरुलाई एक–एक जोर न्यानो कपडा, फलफूल तथा दक्षिणा प्रदान गरिएको हो ।
साथै युवायुवतीहरुलाई श्रृगार गर्ने व्युटिसियनहरुले आश्रममा बस्ने बृद्धबृद्धाहरुको शारीरिक स्याहार समेत गरेकाछन् । उनीहरुले बृद्धबृद्धाहरुको कपाल काट्ने तथा कोर्ने, नङ काट्ने, हातखुट्टाको सरसफाई गरिदिने काम गरेका हुन् ।

श्रीमानको स्मृतिमा ब्युटिसियन गुरुङले गराईन भोजन :
यसैबीच वालिङ नगरपालिका वडा नम्बर १ रामबाच्छाकी पमिला गुरुङले आफ्ना स्वर्गीय पती टुकबहादुर गुरुङको स्मृतिमा आश्रममा बस्ने बृद्धबृद्धालाई एकदिनको भोजन गराउनु भएको छ । व्युटिपार्लर एशोसियसन स्याङ्जाकी सचिब समेत रहनुभएकी पमिलाले छोरी शीतल गुरुङको उपस्थीतिमा भोजन गराउनु भएको हो ।

आश्रममा सञ्चालन भईरहेको “एक दिन एक दाता कार्यक्रम” अन्तर्गत टुक बहादुर गुरुङ्को ११ औं स्मृतिमा भोजनको ब्यवस्था गरिएको आश्रमका कार्यालय प्रमुख सुनिल श्रेष्ठले जानकारी दिनुभयो ।



समाचार
थप सामाग्री
कोटीहोममा १२ जनाको सामुहिक व्रतवन्ध, हवन शुरु, आज रक्तदान हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा १२ जनाको सामुहिक व्रतवन्ध गरिएको छ भने शनिबार रक्तदान…