स्याङ्जाको अर्जुनचौपारी बजार अनुगमन ।
प्रकाश डोटेल/स्याङ्जा :
चार्डपर्व नजिकिएसँगै स्थानीय व्यवसायीले आम उपभोक्तासँग विभिन्न सामानमा चर्को मुल्य असुलेको गुनासो आईरहेको सयममा अर्जुनचौपारी गाउँपालिकाले अर्जुचौपारी बजारका विभिन्न भागमा अनुगमन गरेको छ ।

बजार अनुगमनका क्रममा अधिकांश व्यवसाय विना दर्ता चलाएको भेटिएको गाउँपालिकाका प्रशासकिय अधिकृत पुरन गुरुङ्ले बताउनु भयो । उहाँका अनुसार आन्तरिक राजश्व कार्यालय दर्ता गर्नु पर्ने व्यवसाय स्थानीय व्यवसायीले गाउँपालिकामा मात्र दर्ता गरेर चलाएको भेटियो ।
सानादेखि ठूला व्यवसायीलाई गरिएको अनुगमनमा म्याद सकिएका सामाग्री समेत बरामत गरेर नष्ट गरिएको छ । व्यवसायीलाई सचेतना मुलक रुपमा अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ । अनुगमन गर्ने कार्यलाई निरन्तर जारी राखिने गाउँपालिकाका अध्यक्ष दीर्घनारायण अर्यालले बताउनु भयो ।
गाउँपालिकाको सक्रियतामा गरिएको अनुगमनमा स्थानीय प्रशासन, प्रहरी, उद्योग वाणिज्य संघ स्याङ्जा र पत्रकार महासंघको संलग्नतामा अनुगमन गरिएको हो । बजार अनुगमनमा अनुगमन टोली आउने खबर पाएर केहि व्यवसायी पसल बन्द गरेर अयन्त्रै गएको भेटिएको गाउँपालिका कार्यालयले जनाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


