स्याङ्जाको वालिङमा बसको ठक्करबाट एक महिलाको ज्यान गयो ।
राधाकृष्ण डुम्रे/स्याङ्जा :
स्याङ्जाको वालिङमा बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ । पोखराबाट बुटवलका लागि छुटेको ल १ ख ७६६४ नक्वरको बसको ठक्करबाट भीरकोट ३ देउरालीकी ६५ बर्षीय पैदलयात्री फुलमाया सार्कीको ज्यान गएको हो ।

सिद्धार्थ राजमार्गको वालिङ नगरपालिका-१, रामाबाच्छामा भएको दुर्घटनामा घाईते भएकी सार्कीलाई वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार गरी थप उपचारका लागि जिल्ला अस्पताल लादै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।
सवारी चालक गल्याङ ११ का ३० बर्षीय नेत्रलाल भट्टराई र बसलाई वडा प्रहरी कार्यालय वालिङको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरिक्षक नबिनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि
काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…


