कालिकाण्डकीको आमा बहुउद्देश्यीय सहकारीको पहिलो साधारणसभा ।
आँधीखोला खबर/कालिगण्डकी :
स्याङ्जाको कालिगण्डकी गाँउपालिका वडा नम्वर ४ रहेको आमा बहुउद्देश्यीय सहकारी संस्थाको पहिलो साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभामा बोल्दै गण्डकी प्रदेश प्रमुख सचिब हरिप्रसाद बस्यालले सहकारीको माध्यमबाट आर्थिक स्तरमा सुधार ल्याउन सकिने बताउनु भयो । त्यस्तै पुर्ब सांसद शंकरप्रसाद पान्डेयले आर्थिक प्रगतीमा दुई तिहाईको सरकारले बेवास्ता गरेको आरोप लगाउनु भयो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले गाँउपालिका सहकारीको माध्यमबाट गाँउको बिकासमा जोड दिएको जानकारी दिनुभयो ।

कार्यक्रममा रास्ट्र बैंक पूर्ब कार्यकारी प्रमुख शिबनाथ पान्डेय, काठमाडौ क्यापिटल लिमिटेडका कार्यकारी अध्यक्ष जलेश्वर पाण्डे, नेपाली कांग्रेस बुटवल नगर अध्यक्षसभापति खेलराज पान्डे लगायतले बोल्नु भएको तरुणदलका नेता यादव पाण्डे सुन्दरले जानकारी दिनुभयो ।
पहिलो सधारण सभा संस्थाका अध्यक्ष दुर्गा प्रसाद पान्डेयको सभापतित्वमा सम्पन्न भएको थियो ।

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


