आँधीखोला गाँउपालिकाको सुविधा सम्पन्न प्रशासनीक भवनको शिलन्यास ।

राधाकृष्ण डुम्रे/स्याङ्जा :
आँधीखोला गाँउपालिकाको सुबिधा सम्पन्न प्रशासनीक भवनको आज शिलन्यास गरिएको छ । आँधीखोला गाँउपालिका वडा नम्वर ५ कृषि सुनाटारीमा ५ करोड ६४ लाखको लागतमा भवन निर्माण गरिने गाँउपालिकाका अध्यक्ष सुधीर पौडेलले जानकारी दिनुभयो । उहाँले सुविधा सम्पन्न भवनमा सभाहल सहित ३३ कोठा रहने जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“ २०७८ जेठ १० गते भित्रमा भवन निर्माण गरिसक्ने गरी देव एण्ड सायर कार्वन जेभी काठमाण्डौसँग सम्झौता भईसकेको छ ।”

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङको प्रतिनिधीको रुपमा प्रदेश सांसद मिन प्रसाद गुरुङले भवन शिलन्यास गर्नु भएको हो । कार्यक्रममा मुख्यमन्त्री गुरुङले आफू आउन नसक्नुको कारण खुलाउदै पठाएको पत्र पढेर सुनाईएको थियो ।
भवनको शिलन्यास गर्दै प्रदेश सांसद गुरुङले पछिल्लो समय गाँउ—गाँउमा बिकासको लहर आएको बताउनु भयो । उहाँले तोकिएकै मितिभित्रमा भवन निर्माण सम्पन्न भएर जनताले सहज सुविधा पाउने विश्वास समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर गिरीधारी शर्मा पौडेलले सडक, भवन तथा खानेपानी लगायतका पूर्वाधार निर्माण गरेर जनताले नजिकबाट विकासको अनुभूति पाउने दावी गर्नुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका स्याङ्जाका अध्यक्ष सुर्यप्रसाद गैरे(पारस), नेपाली काँगे्रसका कार्यवाहक सभापति बुद्धी बहादुर राना कुमार,संघीय समाजबादीका ख्यामनाराय ढकाल, कांग्रेस गाँउ सभापति प्रदिप पौडेल,गाउँपालिकाका इन्जिीनियर प्रकाश पौडेल लगायतले बोलेका थिए ।
गाँउपालिकाका अध्यक्ष सुधीर पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत उज्वल भुषालले गर्नु भएको थियो ।






समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…