चेतन गोतामेका सांगितिक यात्राका एक दशक : उनकै शव्दमा ।

राधाकृष्ण डुम्रे/स्याङ्जा :
आईएमई नेपाल लोक स्टारको प्रतिस्पर्धामा उत्कृष्ट चारमा प्रबेश गरिसक्नु भएका स्याङ्जाका चेतन गोतामेले फेसबुक मार्फत आफ्नो साँगितिक यात्राको बारेमा जानकारी गराउनु भएको छ ।
स्याङ्जाको वालिङमा जन्मिएका गोतामे सहित शनि विश्वकर्मा,राम कुमार नेपाली र बिनोद दनुवार पनि उत्कृष्ट चारमा प्रबेश गरेका हुन् । उत्कृष्ट छनौटको लागि आगामी कार्तिक ८ गते सम्म भोट गर्न सकिने बताईएको छ ।


चेतन गोतामेले फेसबुकमा “मेरो साँगितिक यात्राको एक दशक” भन्ने शिर्षकमा लेख्नु भएको छ : “नमस्कार म लोक तथा दोहोरी गायक चेतन गोतामे स्याङ्जाको वालिङ् नगरपालिका वडा नम्बर १२ छापा गाँउको एउटा सामान्य किसान को छोरो हुँ । म मेरो बाल्यकाल अर्कै को मेलापात मा बित्यो धेरै दुःख थियो खालि खुट्टा घाँस दाउरा गरेको हुँ ।

चप्पल हुदैन थियो खुट्टामा साथी सँगि सँग रमाउदै हिड्नुपर्ने त्यो बाल्यअबस्थामा ३५ रुपैयाको लागि स्कुल जान छोडेर दिनभरी कोदालो खन्नु पर्दाको पीडा सायद म जस्तै किसानको छोरालाई थाहा होला जिन्दगीको विभिन्न उतार चढाब खरको चुहिने छानो चारैतिर भत्किएको घरमा मेरो बाबा आमाले धेरै दुख गरेर हुर्काउनु भयो ।

घरमा खाने खर्च नभएर अलिकति गौँ मात्रै भुटेर खाएर आधा पेटमा पनि खुसि हुँदै सुतेको त्यो रात आज पनि ताजै छ , यो मनमा तर आज प्रसङ्ग फरक छ २०६६ सालमा पाईला टेकेको हुँ मैले नेपाली गित सँगितको क्षेत्रमा आफ्नो कोहि थिएन बिरानो यो शहरमा स्वार्थी नै स्वार्थी भण्डार यो शहर मा म ठुलो सपना लिएर प्रबेश गरेको थिए, तर बिडम्बना यो शहर मेरो लागि तेति सहज रहेनछ जति म सोँच्थे कहिले खाए कहिले भोकै हिडे कसैको साथ पाउनु त कहाँ को कुरा जागिर पनि पाईन आफुसँग आउने काँहिबाट केही थिएन तर मनले कहिल्यै हार स्वीकार्नै सकेनर निरन्तर लागि राखे

आज सम्म मैले दिनरात एक गरेर दुःख गरेको छु दिन भर फर्निचरमा काम गरे रातभर दोहोरी साँझमा तर आज पनि मेरो अबस्था उस्तै छ जस्तो म २०६६ सालमा काठमाडौं आएको थिंए तर आज २०७६ साल आईपुगेछ आज नेपालको आफ्नै मौलिक रियालिटि सो IME NEPAL LOK STAR धमाधम चलिरहेको छ जुन सो मा म पनि TOP 4 CONTASTAIN को रुपमा सहभागी छु के मेरो १० बर्षको खेतिले केही सार्थक्ता पाउला त ? के यो गरिबको छोराले पनि आफ्नो संघर्श को फल पाएको अनुभुती गर्न पाउला त ?
कि यो दुनिया गरिबको छैन राज्य भन्छन जीवन शर्माले गाएको गित साँचो होत यो प्रश्न मेरा भगवान रुपि दर्शक महानुभाबहरुका निमित्त यो निर्णय गर्ने पालो अब तपाईको जाग्नुस अब लाग्नुस कृपया मैले गर्छु भनेर भारी बोक्ने कोसिस गरेको मलाई धेरै भन्दा धेरै भोट गरेर यो भारी बोकाउनु हुनेछ भन्ने बिस्वाश लिएको छु धन्यबाद ।
लोक तथा दोहोरी गायक चेतन गोतामे । ” माथिका लाईनहरु गायक गोतामेले आफ्नो फेशबुक मार्फत ब्यक्त गर्नु भएको धारणा हो ।
आँधीखोला खबर डटकम सफलताको साथै उहाँको उज्वल भबिश्यको कामना गर्दछ ।

Facebook Comments Box
TOP