हिन्दु, मुस्लिम र क्रिश्चियन धर्म गुरुले शुभारम्भ गरे समर्पण योग ध्यान शिविर ।

भवानी अधिकारीे/स्याङ्जा :
बिभिन्न धर्मका गुरुहरुले संयुक्तरुप स्याङ्जाको पुतलीबजारमा शुरु भएको समर्पण ध्यान योग शिविरको शुभारम्भ गरेकाछन् । आठ दिन सम्म चल्ने शिविरको हिन्दु धर्मका गुरु हेमानन्द शर्मा, मुस्लिम धर्मका यसिन खान, ब्रम्हकुमारी बिश्व बिद्यालयका नेत्र भाई, क्रिश्यिन पार्षद सचिन थापाद्धारा शिविरको संयुक्त उदघाटन गर्नुभएको हो ।

नेपाल सरकारद्धारा घोषित नेपाल भ्रमण बर्ष २०२० का सदभावनादूत सदगुरु श्री शिवकृर्पानन्द स्वामीजीका प्रवचन सुन्ने ब्यवस्था मिलाइएको छ । विहान ६ बजेदेखि ८ सम्म योग शिविर संचालन हुने जनाइएको छ ।
बिगत २० बर्षदेखि अन्र्तराष्ट्रिय स्तरमा निशुल्क रुपमा ध्यान र नेपालको आध्यामिक केन्द्रका बारेमा प्रचार प्रसार गर्नुभएका स्वामीले नेपालको हिमालयनमा आत्मसाक्षत्कार प्राप्त गर्नुभएको योग शिविरका संयोजक तुलसीराम रेग्मीले जानकारी दिनुभयो ।
उदघाटन कार्यक्रममा पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला, साधक अरुण गुरुङ लगायतले योग शिविरले तन, मन र मस्तिष्क समेत स्वच्छ हुने बताउदै शिविरवाट सबैले लाभ लिनुपर्नेमा जोड दिनुभएको छ ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…