आर्थिक सशक्तिकरण परियोजना अन्तरगत वालिङ ५ र ६ मा कार्यक्रम सम्पन्न ।

आँधीखोला खवर/वालिङ :
वालिङ नगरपालिकामा सञ्चालित “सीप तालिम कृषि तथा उद्यम बिकासद्धारा आर्थिक सशक्तिकरण परियोजना अन्तरगत वडा नम्वर ५ र ६ मा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रियामा बोल्ने कृषक तथा उद्यमीहरुले आ-आफुनो समस्या तथा भोगाईहरुका बारेमा जानकारी गराएका थिए ।


वडा नम्वर ५ मा भएको कार्यक्रममा वडा अध्यक्ष ढाकाराम पंगेनीले वडामा कार्यक्रम मार्फत हुन सक्ने फाईदाका बारेमा बोल्नु भएको थियो । उहाँले कृषक तथा उद्यमीहरुको हितमा कार्यक्रम सञ्चालन गर्न आफू निरन्तर लागि पर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कार्यक्रम दीगो र कृषक मैत्री बनाउन हामीहरु लागि रहेका छौं ।”
कार्यक्रममा बोल्ने कृषकहरुले अर्गानिक तरकारीले भाउ नपाएको गुनाशो गरेका थिए । उनीहरु भन्छन्, “अगार्निक उत्पादन गरौं भनेर लाग्यो बजार नै पाउदैन् ।”


त्यस्तै वडा नम्वर ६ मा भएको कार्यक्रममा बोल्दै वडा अध्यक्ष श्यामकृष्ण श्रेष्ठले उत्पादक र बजार बीचको दुरी कम गर्न जरुरी रहेको बताउनु भयो । उहाँले कृषकले उत्पादन गरेको बस्तु उचित मुल्यमा बजारमा लैजान कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा नेकपाका नेता उदय श्रेष्ठले योजना नाममा मात्रै सिमित नरहोस् भन्दै कृषकलाई प्रत्यक्ष फाईदा पुग्ने गरी परियोजनालाई अगाडि बढाउनु सुझाव दिनुभयो । त्यस्तै नेपाली कांग्रेसका नेता एवं समाजसेवी नेत्र प्रसाद पाण्डेले कृषकका विभिन्न समस्याका बारेमा जानकारी गराउनु भएको थियो ।

दुई वटै वडामा भएका कार्यक्रमहरुमा परियोजना प्रमुख राधाकृष्ण डुम्रेले सहजीकरण गर्नु भएको थियो । उहाँले कार्यक्रमको उद्देश्य, योजना र क्रियाकलापका बारेमा जानकारी दिदै कार्यक्रमलाई उत्पादकमैत्री बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

Facebook Comments Box
TOP