वालिङ जेसीजका अध्यक्ष तिवारीले आफ्नो जन्मदिन मानव सेवा आश्रममा मनाए ।
आँधीखोला खवर/वालिङ :
मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो, भन्ने आस्थाका साथ जेसीज अभियानका अभियान्ता, वालिङ जेसीजका अध्यक्ष राजु तिवारीले आफ्नो जन्म दिनको अवसरमा मानव सेवा आश्रम पोखरामा पुगेर आफ्नो जन्मदिन मनाउनु भएको छ ।
सडकका सहयोग अपेक्षी मानवको उद्धार, संरक्षण र सम्भव भएसम्म पारिवारिक पुनर्मिलन समेत गराउदै आइरहेको मानवसेवा आश्रम पोखराको संरक्षणमा रहेका मानिसहरुलाई एक छाक खाना खुवाएर आफ्नो जन्मदिन मनाउनु भएको हो ।
एक छाक खाना खर्च वापतको रु १२ हजार ५ सय रुपैया मानव सेवा आश्रम पोखराका राजन सापकोटालाई हस्तान्तरण गरिएको हो । रकम हस्तान्तरण गर्दै तिवारीले जन्म दिन मनाउने नयाँ चलनलाई परिमार्जन गर्दै सामाजिक र मानवताको सेवामा खर्च गर्ने निर्णय गरेको वताउनु भयो । मानव सेवा आश्रमको परोपकारी कार्यको सम्मान गर्दै तिवारीले आफूहरुले पनि आश्रम संगको सहकार्यमा वालिङ नगरपालिकालाई सहयोगापेक्षी सडक मानव रहित नगरपालिका निर्माण गर्न लागेको जानकारी दिनुभयो ।
कार्यक्रममा वालिङ जेसीजका पूर्व अध्यक्षहरुको पनि उपस्थिती रहेको थियो । सोही अबसरमा भिरकोट नगरपालिका वाड नं ५ का वडा अध्यक्ष याम प्रसाद अधिकारीले जन्मदिनको अवसरमा होटल तथा रेष्टुरेन्टमा गरिने फजुल खर्च यस्ता सामाजिक कार्यमा खर्च गर्नका लागि वालिङ जेसीजका अध्यक्षवाट सबैले पाठ सिक्नुपर्ने वताउनु भयो ।
यस अघि भिरकोट जेसीजकी कार्यकारिणी उपाध्यक्ष वर्षा पंगेनीले पनि एक छाक खाना खुवाउनु भएको थियो । उहाँले वालिङ जेसीजलाई हस्तान्तरण गरेको १२ हजार पाँच सयको चेक पनि सोही अवसरमा मानव सेवा आश्रमलाई हस्तान्तरण गरिएको थियो ।
भिरकोट जेसीजकी कार्यकारिणी उपाध्यक्ष वर्षा पंगेनीले पनि मानव भएर मानवताको सेवा गर्नु हाम्रो कतव्य हो भन्दै, जन्मदिनमा फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा मानव सेवा आश्रममा रहेका आमा बुवाहरुलाई एक छाक खाना खुवाउने निर्णय गर्नु भएको थियो ।
जेसीजले हालसम्म १० जनालाई सडकवाट उद्दार गरी आश्रममा लगेको समेत उहाँले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्रीझ्याप्ले खोला पहिरो : स्याङ्जाका एकैघरका तिनको मृत्यु
२ हप्ता अगाडि
स्याङ्जा: अविरल वर्षाका कारण पृथ्वीराजमार्गको नागढुङ्गा नौबिसे सडकखण्डको झ्याप्लेखोलामा आएको पहिरोमा परी स्याङ्जा गल्याङ नगरपालिका वडा न ३ लल्याङका एकै…