वालिङका औषधी पसलको अनुगमन ।
आँधीखोला खबर/स्याङ्जा :
वालिङ नगरपालिकाले शनिबार अषौधी पसलहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा फार्मेसी एउटाको नाममा दर्ता रहेको तर औषधी बेच्ने व्यक्ती वा सञ्चालक अर्कैको रहेको पाईएको छ । अनुगमनका क्रममा एक्सरे गर्ने क्लिनिकहरु मापदण्ड विपरित सञ्चालनमा रहेको भेटिएको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले जानकारी दिनुभयो ।
अहिलेलाई औषधी पसल सञ्चालकलाई सचेत गराईएको छ भने पटक पटक यस्तो भेटिएमा कानुनी दायरामा ल्याईने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो ।
आउँदै गरेको दशैतिहारलाई मध्यनजर गर्दै वालिङ बजार अनुगमन शुरु गरेको हो । वालिङ नगरपालिका उपप्रमुख एवं अनुगमन समिति संयोजक कल्पना तिवारी, वालिङ नगरपालिका, ईलाका प्रशासन कार्यालय, वालिङ उद्योग वाणिज्य संघ, राष्ट्रिय उपभोक्ता मञ्च, प्रहरी र पत्रकार सहितको टोलीले बजार अनुगमन गरेको हो । अनुगमनको पहिलो दिन शुक्रबार वालिङका किराना पसलहरु अनुगमन गरिएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


