भिरकोट ५ मा वडा स्तरीय भलिवल प्रतियोगिता सम्पन्न ।

आँधीखोला खवर/भीरकोट : राजेन्द्र भवानी युवा क्लब भिरकोट नगरपालिका वाड नं ५ मा आयोजना गरिएको अन्तर वडा स्तरीय भलिवल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा आँधीखोला पिस यूथ क्लव बयरघारी प्रथम भएको छ । भने राजेन्द्र भवानी क्लव दित्तिय र तारापुञ्ज यूवा क्लव साउन्दी तितृय भएका छन ।

समापन कार्यक्रमका प्रमुख अतिथी भिरकोट ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारीले विजयी खेलाडीलाई वधाइ दिदैं खेलकुदको बिकासवाट मानव जीवन स्वास्थ्य मात्र नभई गाँउ र नगरको बिकासमा समेत टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो ।
वडा अध्यक्ष अधिकारीले भलिवल खेल अहिले शहरमा भन्दा गाँउमा प्रख्यात रहेको उल्लेख गर्दै गाँउका खेलाडीलाई राष्ट्रिय स्तरको भलिवल प्रतियोगिता आयोजना गरेर अबसर दिन सके उत्कृष्ठ खेलाडी राष्ट्रकै लागि उत्पादन हुनसक्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “युवा शक्ति देशका संवाहक हुन, युवाको परिचालन बिना देशको समुन्नत बिकास हुनै सक्तैन ।”
कार्यक्रममा नेपाली कांग्रेस भीरकोटका सहसचिव तारा अर्याल,वडा नम्वर ५ का सदस्य नविन थापा, तरुणदल भीरकोटका अध्यक्ष राजकुमार गुरुङ, प्रहरी चौकी कालिकाकोटका ईन्चार्ज ख्याम नारायण रिजाल लगायतले बोलेका थिए ।
राजेन्द्र भवानी युवा क्लवका अध्यक्ष भीम बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा स्वागत कृष्ण बहादुर थापाले गर्नु भएको थियो भने सञ्चालन कमल पंगेनीले गर्नु भएको थियो ।

समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…