कालीगण्डकी किनारको गुफामा मौन तपस्या,बेलपत्र र दुबोको आहारा ।

श्रीकृष्ण सिग्देल/स्याङजा :
१५ महिनादेखी अन्न नखाएर निरहार बसेकी एक महिलाले स्याङजामा १० दिन देखि दुबो र बेलपत्रको भरमा मौन ब्रत सहित तपस्या गर्दै आएकी छन् । अर्घखाँची घर भई बुटवलमा बस्दै आएकी आफुलाई हरीदाशी भन्ने महिलाले १० दिन देखि बेलपत्र, दुबो र गण्डकीको जल खाएर मौन ब्रत समेत बसेकी हुन् । अत्यन्तै कठिन यात्रा गरेर पुग्न सकिने कालीगण्डकी किनार नजिकै रहेको गुफामा उनले तपस्या गर्दै आएका छन् । गल्याङ नगरपालिका १ रामनदीधाम नजिकै रहेको उक्त गुफा अहिले सम्म कसैले पनि नदेखेको ले अनौठो रहेको स्थानीयले बताएका छन् ।

सिद्धार्थ राजमार्गमा पर्ने राम्दी स्थित परेवा भिरबाट तल खोल्साको बाटो करिब २० मिनेटको अत्यन्तै कठिन ओरालो झरेपछी कालीगण्डकी नदीको किनारमा यो गुफा भेटिन्छ । १५ महिना देखि एक गिलाँस दुध र फलफुलमात्र भोजन गर्दै आएकी तपस्बि राम्दी आउन भन्दा ५ दिन पहिलेबाट बेलपत्र, दुबो जस्तो गाईले खाने प्रजातीका घाँस पात खान थालेको उनका श्रीमान् बिष्णु प्रसाद मिश्रले बताए । घरमा धेरै पहिले देखि जुठो भयो भने संकेत आउने बताउँदै उनले भने, “हामी अचम्म परेका छौँ, पहिला त पत्याएका थिएनौ अहिले ईश्वरीय शक्ति हो भन्नेमा विश्वस्त छौँ ।” ३७ बर्षिय तपस्बी महिला आफुँ कुनै चर्चामा आउन नभई साधु सन्तको सम्मानको निम्ति तपस्यामा रहेको बताउछीन् । म शिद्ध बाबाले बोलाएर आएकी हुँ, मानब जगतको कल्याण गर्दै शान्ति तपस्याको लागि मेरो मौन तपस्या रहनेछ उनले लेखेर जानकारी दिइन्, “ब्रहमाण्डमा भएका मानब जगत, पशु जगत प्रती ईश्वरको भेदभाब छैन तर हाम्रो किन ? ईश्वर प्राप्ती गर्न सत्य ज्ञान जरुरी छ ।”

कसैको जिज्ञासा भएमा प्रश्न सुन्ने र उत्तर कपीको पान्नामा लेखेर दिने गर्दछीन् । गत ९ गते सोमबार एकादशीको दिन बुटवलबाट राम्दी आएकी ती महिला पहिले पाल्पा स्थित सिद्ध गुफामा गएकी थिईन् । सोही दिन रातको १२ बजे उक्त स्थानमा ध्यान नलागेपछी अर्को स्थान खोजेर आउने क्रममा स्याङ्जाको गल्याङ नगरपालिका १ रामनदीधाम नजिकै चमेरे गुफामा तपस्या गर्दै आएकी थिइन् । अहिले सम्म लुकेर रहेको राम्दी स्थित कालिगण्डकीको खोँचमा रहेको उक्त गुफाको नामा आँफै चमेरे गुफा नामाकरण गर्दै सोही स्थानमा तपस्यारत छिन् । आध्यात्म बुद्धि हो भने बिज्ञान प्रयोग हो तपस्यामा बसेकी महिलाले लेखेर दिएको पत्रमा भनेकी छन्, “आँफैलाई खोज्न सके बिज्ञान र आत्म चिन्न सकिन्छ ।” उनले दैबिक शक्तीको आकर्षणले यस क्षेत्रमा आएको उनले बताएकी छन् । परमात्माको ईच्छा अनुशार तपस्या र मौनबर्त गर्ने उनको भनाई छ । साधु सन्तले ध्यान तपस्या नगरेको कारण हजारौँ शक्ती पिठ , आध्यात्मिक श्रेत्र ओझेलमा परेको हरिदासीले बताईन् । ब्रमाण्डमा दैबिक शक्ती भएको र तपस्याले उक्त शक्ती जागृत हुनेमा उनी बिश्वस्त छिन् ।
अहिले सम्म कसैले नदेखेको यस स्थल बुटवलबाट आएर तपस्या गर्नु अनौठो भएको वालिङ १० का वडा अध्यक्ष अनन्तराज गैह्रेले बताए । अहिले सम्म स्याङजा, राम्दी क्षेत्र नै नआएकी एक महिला कसरी यस्तो ठाउँ पत्ता लागाईन् भन्ने बिषयमा दङ्ग परेका छौं गैह्रेले भने, “यस गुफामा केही शक्ति भएको हुनुपर्छ र यसलाई प्रचार प्रसार गर्नका लागि भगवानले पठाएको हुनसक्छ ।” अब यहाँ आउने भक्तजनहरुको बृद्धी हुन्छ, यसका लागि सजिलो सँग यस पबित्र स्थलमा आउने पैदल मार्ग बनाउनु आबाश्यक छ गैह्रेले भने ।

एक छोरा श्रीमान् तथा परिवार भएपनि हरिदासीले पारिवारिक मोहमा डुब्ने चिजलाई केही क्षणको संसारीक चरित्र भएको बताएकी छन् । यस्ता दैबिक शक्ती भएका पबित्र स्थल नेपालका अधिकाशं क्षेत्र ओझेलमा पर्दै आइरहदा कसैले पत्ता लगाउन नसकेको कालीगण्डकी किनारको गुफामा महिला किन तपस्या गर्न आईन भन्ने विषय अहिले उठिरहेको छ । धेरै पव्लिक आउने ठाँउमा आफ्नो ध्यान नआउने भएर भगवानले मलाई पठाएको दावी गरेकी महिलाले साच्चिकै त्यो ठाँउमा पुग्न भने निकै कठिन रहेको छ । कठिनका बावजुद पनि त्यो ठाँउमा अहिले सर्वसाधरणहरु पुग्न थालेका छन् । इश्वरीय शक्तिका कारण महिलाले तपस्या गरेको भएमा भारत देखि लुम्बिीनी हुँदै मुक्तीनाथ यात्रा गर्ने धार्मिक पर्यटनलाई समेत आकर्षण गर्न सकिने देखिन्छ । यस तर्फ सबैको ध्यान जान जरुरी छ ।
समाचार
थप सामाग्री
महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठापाठी वितरण ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–२ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी उपहार स्वरुप वितरण गरिएको छ । स्थानीय तिलडाँडा…