स्याङ्जा सहयोग समाज, साउदी अरबको तेस्रो महाधिबेशन सम्पन्न, अध्यक्षमा पारस काफ्ले ।
आँधीखोला खवर/साउदी अरब :
स्याङ्जा सहयोग समाज, साउदी अरबको तेस्रो महाधिबेशन सम्पन्न भएको छ । साउदी अरबको दम्माम स्थीत रोज होटेलको सभाहलमा भएको महाधिबेशनले आगामी २ बर्षका लागि पारस काफ्लेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमितीको चयन गरेको हो ।
समितिको संरक्षकमा राजु सैयद र प्रमुख सल्लाहकारमा याश्मिन बेगम सैयद रहनु भएको छ । त्यस्तै सल्लाहकारहरुमा निर्वतमान् अध्यक्ष बालकृष्ण पंगेनी र जेस कुमार श्रेष्ठ रहनु भएको छ ।
राष्ट्रिय महाधिबेशनले उपाध्यक्षमा ओम प्रकाश सुनार, कोषाध्यक्षमा टिकाराम भुषाल र सचिबमा दिपक खाँणलाई चयन गरेको छ । समितिका सदस्यहरुमा तुला अधिकारी, राजेन्द्र कार्की,काजी थापा, बिकाश केसी र सन्तोष परियार रहनु भएको छ । त्यस्तै आईसीसी प्रतिनिधिमा रोशन एन श्रेष्ठलाई चयन गरेको छ ।
यसअघि स्याङ्जा सहयोग समाज साउदी अरबका अध्यक्ष बालकृष्ण पंगेनीको सभापतित्वमा सम्पन्न भएको महाधिबेशनको उद्घाटनसत्रमा स्याङ्जा सहयोग समाज साउदी अरबकी प्रमुख सल्लाहकार याश्मिन वेगम सैयद, समाजका संस्थापक अध्यक्ष तथा आईसीसी सदस्य मोहन बिएसके, संस्थापक सल्लाहकार तथा पूर्व आईसीसी सचिब भोला पौडेल र सल्लाहकार रोशन एन श्रेष्ठ लगायतले स्याङ्जा सहयोग समाजलाई अझै बिस्तारित र बलियो बनाएर लैजानु पर्ने सुझाब दिएका थिए ।
महाधिबेशनमा अध्यक्ष बालकृष्ण पंगेनीले संस्थाको आर्थीक प्रतिबेदन प्रस्तुत गर्दै २०१७÷२०१९ को कार्यसमिती बिघटन गरेको घोषणा गर्नु भएको थियो । नबनिर्वाचित पदाधिकारीहरुलाई आईसिसि सदस्य मोहन बिएसकेले सपथ गराउनु भयो । कार्यक्रममा नबनिर्वाचित अध्यक्ष पारस काफ्लेले आफ्नो प्रतिबद्वता र भाबी कार्ययोजना प्रस्तुत गर्नु भएको थियो ।
समाचार
थप सामाग्रीस्याङ्जा चापाकोटमा सकेट बिस्फोट ,एक घाइते
३ हप्ता अगाडि
गोपिकृष्ण रेग्मी/चापाकोट : स्याङ्जाको चापाकोट नगरपालिका–४ मल्याङ्कोट पुरीगाँउमा सकेट बम विस्फोट हुँदा एक जना घाइते भएका छ्न । चापाकोट नगरपालिका…