स्याङ्जामा भदौमै पाके सुन्तला

भवानी अधिकारी/स्याङ्जा : सामान्यतस् सुन्तला मंसिरमा मात्र पाक्छ। तर, स्याङ्जामा भने भदौमै सुन्तला पाकेर पहेँलै भएका छन्। 

सुन्तलाका लागि उर्वर मानिएको स्याङजाका केही किसानले भदौमै पाकेर खान मिल्ने सुन्तला फलाएका छन्। पुतलीबजार नगरपालिका र अर्जुनचौपारी गाउँपालिकाका केही किसानले यस्ता सुन्तला बगैंचा र गमलामै फलाएका हुन्। 

बोटमै पाकेका जापानी उन्सु र धनकुटाको खोकु जातका सुन्तला स्याङ्जामा फलाइएका छन्। यहाँ तीजका लागि बगैंचामा सुन्तला पाकेका छन। यी सुन्तला भाउ पनि राम्रो छ। प्रधानमन्त्री सुन्तला परियोजना लागु भएपछि स्याङ्जामा साउनदेखि फागुनसम्मै बोटबाटै सुन्तला खान पाइने भएको छ। 

सुन्तला लगाउनका लागि जग्गा जमिन छैंन भनेर पनि चिन्ता लिनु नपर्ने भएको छ। घरको बरण्डा र आगनको प्रयोग गर्न सकिन्छ। अहिले फल्ने सुन्तला त गमलामै पनि रोप्न सकिन्छ। गमला, बाल्टी, ड्रम र बोरामा समेत रोप्न सकिने बोधराज अर्याल बताउँछन्।  

पुतलीबजार नगरपालिका १० थाराका कृष्णप्रसाद अर्याल र ११ का मायाटारीका बोधराज अर्याल, रामबन्धु अर्याल, अर्जुनचौपारी गाउँपालिकाका फणिनारायण अर्यालले भने ४÷५ महिना बाहेक वर्षभरी नै यसरी बोटकै ताजा सुन्तला खाने थालेको एक दशकभन्दा बढी भएको छ।  

भदौमा पाक्ने जापानी÷अष्ट्रेलियन जातको उन्सु सुन्तला र असोजमा पाक्ने धनकुटाको स्थानीय जातको खोकु सुन्तला पहेला भएका छन्। भदौमै खान सकिने उन्सु जातका सुन्तलाका दाना ठूल्ठूला र रसिला हुन्छन्। सुन्तलाका लागि उर्वर मानिएको स्याङजामा वर्षको ८ महिना नै बोटबाटै टिपेर ताजा सुन्तला खान सक्नेगरी किसानहरु सुन्तला खेतीमा जुटेको बोधराज अर्याल बताउछन्।  

Facebook Comments Box
TOP